सुरु भयो भ्यालेन्टाइन सप्ताह, कुन डे कसरी मनाउँने ?
काठमाडौं, २४ माघ । प्रत्येक बर्षको फ्रेबुअरी १४ तारिखमा मनाईने भ्यालेन्टाइन डेको सप्ताह आजदेखि सुरु भएको छ । प्रेममा रमाउने स्वप्निल जोडीहरुलाई एक बर्ष पनि कम भएको जस्तो लाग्न सक्छ । प्रत्येक बर्षको फ्रेबुअरी १४ तारिखमा मनाईने भ्यालेन्टाइन डेको सप्ताह फ्रेबुअरी ७ देखि नै शुरु हुन्छ । यदी तपाईहरु पनि प्रेममा रमाउन चाहानुहुन्छ र आफ्नो प्रेमलाई अझ यादगार बनाउन चाहनुहुन्छ भने यो बर्षको भ्यालेन्टाइन डेलाई सप्ताहकै रुपमा मनाउन पनि सक्नुहुन्छ ।
फ्रेबुअरी ७, रोज डेः
यो दिनलाई भ्यालेन्टाइन सप्ताहमा रोज डेको रुपमा चिनिन्छ । प्रेमको प्रतिकको रुपमा रहेको गुलावको फुल प्रेमिकालाई दिएर प्रेमको प्रस्ताव राख्न सक्नुहुन्छ। यदी प्रेममै रहेको अवस्थामा हुनुहुन्छ भने गुलावको फुल दिएर प्रेमिकाको मन अझ जित्न पनि सक्नुहुन्छ ।
फ्रेबुअरी ८ प्रपोज डेः
अघिल्लो दिन दिएको गुलावको फुललाई तपाईले चाहेको प्रेमिकाले स्विकार गरिन् भने भ्यालेन्टाइन सप्ताहको दोस्रो दिन तपाईले प्रेमको प्रस्ताव पनि राख्न सक्नुहुन्छ । यसलाई प्रपोज डे पनि भनिन्छ ।
फ्रेबुअरी ९, चकलेट डेः
भ्यालेन्टाइन सप्ताहको दोस्रो दिन तपाईको प्रेमको प्रस्तावलाई स्विकार गरियो भने तेस्रो दिन तपाईले आफ्नो प्रेमिकालाई अझ खुशि बनाउन चकलेट दिएर मनाउन सक्नु हुन्छ । चकलेट प्रेमिकालाई मनपर्ने खानेकुरा हो भने यो खाएपछि मुखवाट मिठा मिठा कुराहरु आउने विश्वास रहेको छ ।
फ्रेबुअरी १०, टेड्डी डेः
चकलेट खाएर रमाएको प्रेमिकालाई भ्यालेन्टाइन सप्ताहको चौथो दिन तपाईले प्रेमको प्रतिक खेलौनाको रुपमा रहेको टेड्डी अर्थात् भालुको खेलौना दिन सक्नु हुन्छ । यो खेलौना निकै मुलायम हुने हुनाले तपाईको प्रेमिका तपाईको मायावाट निकै मोहित हुनेछिन् ।
फ्रेबुअरी ११, प्रोमिस डेः
गुलावको फुल दिनुभयो, प्रेमको प्रस्ताव राख्नु भयो, चकलेट खुवाउनु भयो, टेड्डी दिनु भयो तर तपाईले आफ्नो प्रेमलाई सधै दिगो राख्ने वाचा चाहि गर्नु भएन । हो यो कुरा प्रेमिकाले पनि खोज्ने हुनाले यो दिन तपाईले आफ्नो प्रेमलाई लामो समयसम्म कायम राख्छु भनेर वाचा गर्न सक्नुहुन्छ ।
फ्रेबुअरी १२, हग डेः
प्रेममा स्पर्शको पनि ठुलो महत्व राख्छ । यो विना प्रेम अधुुरो पनि हुन्छ । सबै कुरामा तपाई प्रति प्रेमिकाले विश्वास गरेपछि यो दिनमा उनलाई तपाईले अंगालोमा बाध्दा उनी झनै खुशि हुन सक्छिन् । पहिलो पटक गरेको हग जिवनभरनै अविश्मरणिय समेत हुन्छ ।
फ्रेबुअरी १३, किस डेः
तपाईको अंगालोमा प्रेमिका रमाएपछि त्यसको भोली पल्ट तपाईले किस अर्थात् चुम्बन पनि गर्न सक्नु हुन्छ । चुम्बन गर्दा दिलको कुरा सोझै दिलमा र्पुयाउन मद्धत गर्छ भनिन्छ । साथै यो दिन गरेको चुम्बनको महत्व जिवनभर अविश्मरणिय रुपमा समेत रहन्छ ।
फ्रेबुअरी १४, भ्यालेन्टाइन डेः
भ्यालेन्टाइनलाई सप्ताहको रुपमा मनाएपछि अन्तिम दिन भ्यालेन्टाइन डे आउछ । यो दिन तपाईहरु एक अर्काका लागि सच्चा प्रेमि प्रेमिकाको रुपमा देखिनु हुन्छ । समाज तपाईको माया देखेर अरु युवायुवती भुतुक्क हुने छ भने तपाईहरु आफैं एक अर्कामा रमाईरहनु हुनेछ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











