प्रदेश २ मा राजपा र फोरमबीच ‘हैसियत’ को विवाद, हैसियतको कुरा खतरा हुने राजपाको चेतावनी
काठमाडौं, २४ माघ । प्रदेश २ को सरकार गठनका विषयमा संघीय समाजवादी फोरमले नयाँ विकल्प खोज्न थालेको छ । राजपाले हैसियतभन्दा बढी पदमा दाबी गरेको भन्दै प्रदेश २ को सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले नयाँ विकल्पमा पनि छलफल सुरू गरेको हो ।
मंगलबार फोरम र राजपाबीच भएको वार्तामा उपेन्द्र यादवले ठूलो दलको हिसाबले संघीय समाजवादी फोरमको नेतृत्वमा राजपा सम्मिलित सरकार गठनको प्रस्ताव राखेका थिए । उनले स्थिर र मजबुत सरकारका लागि अन्य दललाई पनि सहभागी र सहमतिमा लिएर अघि बढ्ने बताएका थिए ।
यादवले फोरम, राजपा र कांग्रेस सम्मिलित सरकारको संकेत गरेका थिए । तर राजपा नेताहरुले भने मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेको थियो । राजपाले आफ्नो हैसियत बिर्सेको भन्दै फोरमले नयाँ विकल्पमा छलफल थालेको हो । राजपाले मुख्यमन्त्रीमा आफ्नो गर्दै आधा आधा कार्यकाल बाँड्ने बटमलाइन प्रस्तुत गरेको थियो ।
राजपाको यो प्रस्तावप्रति उपेन्द्र यादव असहमत रहेको स्रोतका दावी छ । त्यस्तै राजपाका तर्फबाट यदि मुख्यमन्त्री फोरमले लिने हो भने शक्तिसाली चार मन्त्रालय र सभामुख आफूले पाउनुपर्ने अडान राखिएको थियो । राजपाको यही अडानलाई फोरमले हैसियतभन्दा बढी भनेको हो । १०७ सदस्यीय प्रदेशसभामा फोरमको २९ सिट छ भने राजपाको २४ सिट छ । तेस्रो स्थानमा रहेको एमालेको २१, कांग्रेसको १९ सिट छ ।
माओवादी केन्द्रको ११, संघीय समाजवादी पार्टी नेपालको एक र स्वतन्त्र एक सिट छ । स्वतन्त्रले फोरमलाई साथ दिएका छन् । राजपाले हैसियतभन्दा बढी मागेको भन्दै फोरमले लगाएको आरोपको राजपाका नेताहरूले भने प्रतिवाद गरेका छन् ।
राजपाका एक नेताले भने, ‘प्रदेशसभामा चार पाँच सिट बढी जित्दैमा फोरमको हैसियत राजपाभन्दा माथि छैन । मधेसको समग्र लोकप्रिय मतमा राजपा फोरमभन्दा अगाडि छ । संघीय संसदमा पनि फोरमको भन्दा राजपाको सिट बढी छ भने हाम्रो हैसियत कसरी कम भयो ?’
हैसियतको सम्बन्धमा दुई पार्टीबीच वाकयुद्ध सुरु भए पनि राजपासहितको मधेसवादी गठबन्धनको सरकारलाई नै पहिलो प्राथमिकतामा राखिएको फोरमका एक प्रभावशाली नेताले बताए । राजपाले पनि सम्रग मधेशमा आफू पहिलो पार्टी भएको भन्दै फोरमलाई गलाउने प्रयास गरिरहेको छ । फोरमले भने कांग्रेस र माओवादीसँग मिलेर वा एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थालेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












