प्रदेश ४ को राष्ट्रियसभा निर्वाचन सम्पन्न, किन आएनन् दीपक मनाङे
पोखरा, २४ माघ । प्रदेश ४ को राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको छ। पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा बिहान १० बजे शुरु भएको मतदान दिउँसो १ बजे सकिएको थियो । प्रदेश नम्बर ४ बाट निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भएको हो।
प्रदेश ४ मा अपांग अल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्वाचित भैसकेका छन्। अन्य ७ मध्ये तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गरेका छन्। अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी परेको थियो।
कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी बीच प्रतिस्पर्धा भएकोछ। एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा भएकोछ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशका स्थानीय कुल तहमा प्रमुख९उपप्रमुख वा अध्यक्ष९उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी कुल २३० जना मध्ये २२९ जनाले मतदान गरेका छन्। मनाङबाट निर्वाचित प्रदेश सांसद राजिब गुरुङ (दिपक मनाङे) ले भने मतदान गरेनन् । उनलाई सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय तोकेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












