धनुषामा फेरी अर्की महिलामाथि मट्टितेल छर्केर जिउँदै जलाएर हत्या प्रयास
धनुषा, २४ माघ । धनुषामा एक नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले जीउमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरिएको हो । आगो लागेर उनको टाउँकोभन्दा तलको शरिरको सम्पूर्ण भाग जलेको छ । जलेर गम्भीर घाइते भई उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।
हजरा क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरका स्थानीय अलिशेख कवारीका २४ वर्षका छोरा रसिद राइनकी श्रीमती हुन् । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरी टोलीले उद्धार गरी हजरालाई उपचारको लागि अस्पताल पठाएको थियो ।
घटना स्थलबाटै प्रहरीले हजराका पति रसिदलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना गएको शनिबार बिहान ९ बजेको हो । माइतीपक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिवारका सम्पूर्ण सदस्यले मट्टीतेल छर्केर जीउदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँच जना विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।
हजराकी आमा जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन माथि उजुरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म हजराका श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–२, किशोरी नगरकी २२ वर्षकी रञ्जना शर्मा हत्या काण्डको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना घटेपछि स्थानीय महिलाहरु त्रसित बनेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












