बलात्कार काण्ड मिलाउने एसपीलाई जोगाउन विजय गच्छदारको दौडधूप
काठमाडौं, २४ माघ । बलात्कार घटनामा मिलापत्र गराएको आरोप लागेका निलम्बनमा परेका सुनसरीका एसपी बिद्यानन्दी माझीलाई जोगाउन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दबाब दिएका छन्। दबाबकै कारण गृह मन्त्रालयले निलम्बनको निर्णय गर्न सकेको छैन।
प्रारम्भिक छानबिनमा एसपी माझि र इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर चिरञ्जिवी दाहालको मिलापत्रमा संलग्नता देखिएपछि निलम्बनका लागि प्रहरी प्रधान कार्यालयले सिफारीस गरेको थियो। तर, गृहसचिव मोहनकृष्ण सापकोटाले दबाबका कारण निलम्बन गर्न सकेका छैनन्। ‘प्रधानमन्त्री कार्यालयबाटै नै फोन आएको छ,’ गृहका एक अधिकारीले भने।
गत पुस १६ गते इटहरीको रोयल लजमा साथीकै सहयोगमा एक किशोरीमाथि बलात्कार भएको थियो। जून घटना प्रहरीमा पुगेकोमा मिलापत्र गराइएको थियो। मिलापत्रमा एसपी नै सहयोग गरेको संघीय प्रहरी इकाई धरानका एसएसपी हरि पाल संयोजकत्वको छानबिनमा खुलेको थियो।
एसपी माझी उपप्रधानमन्त्री गच्छदारका आफन्त हुन्। उनले नै आफ्नो गृह जिल्लामा माझीको सरुवा गरेका थिए। निर्वाचनमा पनि माझीले गच्छदारलाई सहयोग गरेको भन्दै अन्य दलका उम्मेदवारहरुले एसपीको विरोध गरेका थिए। अहिले उनै गच्छदारले यस्तो गम्भीर घटनामामा मुछिएका माझीमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजेका छ।
बलात्कार घटनालाई मिलापत्र गराएको आरोपमा सुनसरीका एसपी र इन्सपेक्टरलाई निलम्बन प्रक्रिया अघि बढेको छ। प्रहरी प्रधान कार्यालयले सुनसरीका एसपी बिद्यानन्द माझि र इन्सपेक्टर चिरञ्जिवी दाहाललाई निलम्बनका लागि मंगलबार गृह मन्त्रालयमा पत्राचार गरेको हो।
गत पुस १६ गते इटहरीमा भएको एक बलात्कार घटनामा इप्रका इटहरीले जाहेरी नलिई मिलापत्र गराएको थियो। इप्रकामा इन्पेक्सर दाहालले एसपी माझिसँग आदेशमा मिलापत्र गराएका थिए। त्यसवापत लाखौं रुपैयाँको चलखेल भएको छानबिनमा खुलेपछि अनुसन्धान थालिएको थियो। छानबिनका क्रममा एसपी र इन्सपेक्टरले गम्भीर मुद्दामा नियतबश मिलापत्र गरेको खुलेपछि निलम्बन गर्न सिफारीस गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानले बताए।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











