अब युएई जाने विदेशी कामदारका लागि पुलिस रिपोर्ट चाहिने
काठमाडौं, २४ माघ । अबदेखि युएई जाने विदेशी कामदारले अनिवार्य प्रहरी रिपोर्ट बनाउनुपर्ने भएको छ । युएई सरकारले गएको आइतबारदेखि आफ्नो देशमा आउने नयाँ कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको हो ।
युएई आउन लागेका नेपालीले प्रहरी प्रधान कार्यालय नक्सालबाट यस्तो प्रमाणपत्र बनाउनुपर्नेछ । प्रमाणपत्र त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभाग र पानी पोखरीमा रहेको युएइको दूतावासबाट प्रमाणिकरण गरेर आफूू आउन लागेको कम्पनीमार्फत अध्यागमनमा बुझाउन पर्ने छ ।
पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । भिजिट भिसामा आउनेका लागि पुलिस रिपोर्ट अनिवार्य छैन ।
युएईमा कागजी भिसा लागिसकेका तर नेपालबाट नउडेका कामदारले पनि पुलिस रिपोर्ट अनिवार्य बनाउनुपर्छ । अन्यथा यहाँ आएर पासपोर्टमा भिसा लगाउन समस्या हुने यएईका लागि नेपाली श्रम सहचारी मोतिराम भुसालले जानकारी दिए ।
युएई आइसकेका तर साथमा पुलिस रिपोर्ट नभएकाहरुका हकमा नेपालबाटै कागजात बनाउनु पर्नेछ । यो कागजात उनीहरुका परिवारका सदस्यले पनि बनाइदिन सक्नेछन् । त्यसका लागि नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय नक्सालको चालचलन शाखामा जानु पर्नेछ । नेपाल प्रहरीले विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराइदिन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउँछ ।
चारीत्रिक प्रमाण पत्र प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल अन्तर्गत अञ्चल प्रहरी कार्यालय धनगढी उपशाखाबाट लिन सकिनेछ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












