प्रदेश ७ मा राष्ट्रिय सभा निर्वाचन सम्पन्न, २ सांसद्सँग कसैले पनि भोट मागेनन्
डोटी, २४ माघ । प्रदेश ७ अन्तर्गत राष्ट्रिय सभा सदस्यको लागि भएको मतदान सम्पन्न भएको छ । डोटीमा भएको मतदानमा ९९ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख तथा उप– प्रमुखले शत प्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जनाले मात्रै मतदान गरेका छन् ।
राष्ट्रियसभा चुनावका लागि स्थानीय तहका १ सय ७६ र प्रदेशसभाका ५३ जना सदस्य गरी कुल २ सय २९ जना मतदाता रहेका थिए । कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीबाट दुई जना सांसदले मतदान गरेका छैनन् । दुई जना सांसदले मतदान नगरेपछि जम्मा २ सय २७ मत खसेको छ ।
राजपाका प्रदेश सांसद कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको निर्वाचन कार्यालय डोटीले जनाएको छ । आफ्नो पार्टीकातर्फबाट उम्मेदवार पनि नभएको र कुनै दलले भोट पनि नमागेको कारण आफूहरु मतदान गर्न नगएको राजपाका प्रदेश सांसद मालती रानाथारुले जानकारी दिईन् ।
७ नम्बर प्रदेशमा बुघबार सम्पन्न राष्ट्रियसभाको चुनावमा दुई पदका वाम तथा लोकतान्त्रिक गठबन्धनका ४ जना उम्मेदवार छन् । दलित तथा अपांग र अल्पसंख्यकतर्फका उम्मेदवारका बीच प्रतिस्पर्धा भएको हो । दलिततर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र एमालेका तर्फबाट चक्रप्रसाद स्नेही चुनावी प्रतिस्पर्धामा रहेका छन् । अपांगता भएका तथा अल्पसंख्यकका तर्फबाट नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादीका महेशकुमार महराका बीच प्रतिस्पर्धा भएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











