प्रदेश ७ बाट राष्ट्रिय सभामा अल्पसंख्यक/अपाङ्ग र दलितबाट महेश महरा र चक्रप्रसाद स्नेही विजयी
डोटी, २४ माघ । प्रदेश ७ को राष्ट्रिय सभा सदस्यमा महेश महरा र चक्रप्रसाद स्नेही विजयी भएका छन् । डोटीमा आज सम्पन्न निर्वाचनमा अल्पसंख्यक/अपाङ्गबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महरा र दलितबाट एमालेका स्नेही विजयी भएका हुन् । महराले ३ हजार ७ सय ८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका छत्रराज जोशीले १ हजार ९ सय ८ मत प्राप्त गरे । त्यस्तै स्नेहीले ३ हजार ७ सय ८ मत प्राप्त गर्दै दलित कोटाबाट विजयी भए । उनका प्रतिद्धन्दी शेरिराम पार्कीले १ हजार ८ सय ९० मत प्राप्त गरे ।
सिलगढीको पदमपब्लिक माध्यामिक विद्यालयमा मतदान भएको थियो । प्रदेश ७ को चुनावमा स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेश सभाका सदस्य गरेर दुई सय २९ जना मतदाता थिए । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार समान १८ छ भने प्रदेश सभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।
सात नम्वरबाट तीन पुरुष र तीन महिला गरेर छ जना निर्विरोध भइसकेका छन । निर्विरोध हुनेमा पुरुषतर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी, नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् । यस्तै महिला तर्फ एमालेका कमला ओली, ईन्दु कडरिया र नेपाली काँग्रेसका तारादेवी भट्ट रहेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











