आफ्नै भतिजहरुको आक्रमणबाट काका गम्भीर घाइते, भारतमा उपचार हुँदै
कञ्चनपुर, २६ माघ । कञ्चनपुरमा आफ्नै भतिजको आक्रमणबाट काका गम्भीर घाइते भएका छन् । भिमदत्त नगरपालिका १३ पिपरैयामा कोकको बोतल प्रहारबाट ६० बर्षीय जयराज भट्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते जयराजको भारतको खटिमास्थित तपन अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ । उनको टाउकोको हड्डी भाच्चिएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
काकामाथि आक्रमण गर्ने डम्बर दत्त भट्टका ३० बर्षीय छोरा तिर्थ राज भट्ट र ३३ बर्षीय राम प्रशाद भट्टलाई प्रहरीले पक्राउ गरेको छ । दुवै आरोपीहरुको नाममा ज्यान मार्ने उद्योग दर्ता गरी कारवाही अगाडि बढाएको र एक जना आरोपीलाई प्रहरीले प्रक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए ।
घरायसी विवादलाई लिएर उनीहरुले यो भन्दा पहिले पनि पटकपटक आक्रमण गर्न खोजेका भएपनि सफल हुन सकेको थिएनन् । घर नजिकै रहेको साझा चौराहा पसलमा बसिरहेका बेला उनीहरुले आक्रमण गरि घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












