७ थान हिराका गहनाका धनाढ्य रक्षामन्त्री प्रधानलाई राज्यकोषबाट किन चाहियो ५० लाख ?
काठमाडौं, २७ माघ । सरकारले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारको लागि ५० लाख रुपैयाँ दिने निर्णय गयो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले करौडौंका मालिक रहेका प्रधानलाई उपचारको लागि भन्दै राज्यकोषबाट ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो । जसको अहिले सर्वत्र विरोध भईरहेको छ ।
आफूलाई उपचारका लागि सो रकम चाहियो भन्दै उनले नै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । हालसम्म उनलाई कुनै गम्भीर रोग लागेको वा बिरामी परेको खबर बाहिर आएको छैन । तर, राज्यको ढुकुटीबाट ५० लाख रुपैयाँ बाँड्ने निर्णयले जनतामा भने निराशा छाएको छ ।
के प्रधान राज्यले खर्च तिरेर उपचार गराउनुपर्ने नेता हुन् ?
मन्त्री प्रधान पुख्र्यौली सम्पत्ति भएका कांग्रेस नेता हुन् । स्रोतका अनुसार उनीसँग करोडौँ सम्पत्ति छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उल्लेख सम्पत्ति विवरणमा उनीसँग ७ थान हिराजडित गहना भएको उल्लेख छ । त्यस्तै, २० तोला सुन र ७ केजी चादिँ भएको उल्लेख छ । काठमाडौंमा घर तथा घडेरी रहेका प्रधानले तर, पनि राज्यको ढुकुटीमाथि आँखा लगाएका छन् र उपचारका नाममा आधा करोड पाउने भएका छन् ।
सम्पत्ति विवरणमा प्रधानले काठमाडौंमा ४२५.०६ क्षेत्रफल जग्गा भएको उल्लेख गरेका छन् । तर, त्यसबाहेक अन्य विवरण खुलाइएको छैन । क्षेत्रफलमात्र उल्लेख गरेर जग्गाको विषयमा लुकाउन खोजेको जस्तो देखिन्छ । प्रधानमन्त्रीले धितोपत्र तथा शेयर, ऋणलगायतका अन्य सम्पत्ति विवरण भने उल्लेख गरेका छैनन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












