माओवादी केन्द्रबाट नयाँ सरकारले नेतृत्व कसले गर्ने ? महरा, टोपबहादुर वा बर्षमान !
काठमाडौं, २८ माघ । नयाँ सरकार गठनको प्रक्रिया नजिकिएसँगै माओवादीभित्र छलफल शुरु भएको छ । कसको नेतृतवमा सरकारमा पठाउने भन्ने विषयमा माओवादी केन्द्रभित्र छलफल शुरु भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको हो ।
माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्व अर्थमन्त्री भइसकेका बर्षमान पुन, गृहमन्त्री भइसकेका जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहनाअनुसार लबिङ गरिरहेका छन् । माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीभित्र सरकारको नेतृत्व गर्ने विषयमा विवाद शुरु भएको छ । यदि सरकारमा जाने अवस्था आएमा पार्टी भित्रको आन्तरिक तयारी गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ ।
पार्टीभित्र शीर्ष तहमा रहेका नारायणकाजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरियता क्रममा रामबहादुर थापा बादल रहेका छन् । प्रदेश ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका रामबहादुर थापाले नै माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा मोटामोटी शीर्ष तहमा सहमति जुटेको माओवादी एक नेताले बताए ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












