यी हुन् कांग्रेसबाट समानुपातिकमा सांसद्, मन्त्रीकी प्रेमिका देखी जेठीसासु सम्म
काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपाकि तर्फ ४० सिट पाएको छ । प्रत्यक्षमा २३ सिट जितेको कांग्रेसले समानुपातिकमा भने दोब्बर बढी ४० सिट पाएको हो । त्यस्तै राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसको संघीय संसदमा ७६ सिट जितेको छ। राष्ट्रियसभाको चुनावपछि निर्वाचन आयोगले शुक्रबार समानुपातिकतर्फको सिट बाँडफाँडट गर्दै कांग्रेसले ४० सिट पाउने निर्णय गरेको छ।
संविधानको ८४ (८) अनुसार संघीय संसदमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाका कारण आयोगले मतगणना सकिएको ६५ दिनपछि शुक्रबार समानुपातिकको सिट बाँडफाँट गरेको हो। सिट बाँडफाँट गर्दैै निर्वाचन आयोगले बन्द सूचीबाट कम्तीमा २० जना महिलासहित ४० जना निर्वाचित गर्न शुक्रबार नै पत्र काटेको छ।
संघीय संसदमा कांग्रेसले पाएको ७६ सिटको एक तिहाइ अर्थात् २६ जना महिला हुनुपर्नेमा राष्ट्रियसभामा ६ जना महिला निर्वाचित भइसकेकाले निर्वाचन आयोगले कांग्रेसलाई थप २० जना महिला अनिवार्य छनोट गर्न निर्देशन दिएको हो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने कांग्रेसबाट एकजना पनि महिला निर्वाचित भएका छैनन्।
को-को हुन् २० महिला सांसद ?
कांग्रेसले समानुपातिकबाट निर्वाचित गर्नुपर्ने कम्तिमा २० जना महिला छनोट गर्दा खस आर्य कोटाबाट ६ जनाले सांसद बन्ने अवसर पाउँछन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार यो क्लष्टरबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा सांसद बन्नेछन् । दीपशिखा बिमलेन्द्र निधीकी जेठी सासु हुन्।
आदिवासी जनजाति क्लष्टरबाट पनि ६ जना महिलाले अवसर पाउनेछन्। बन्द सूचीको क्रम संख्यामा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचनको नाम छनोट हुनेछ। दलित कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नेछन्। लक्ष्मी मीन बिश्वकर्माकी प्रेमिका हुन्, अहिले दुवै सांसद् बन्दैछन्। मीन बाणिज्य मन्त्री समेत छन्। त्यस्तै, मधेसी क्ल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्ने निश्चित छ।
कांग्रेसले थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ। दुवै कोटाबाट एकरएकजना निर्वाचित गर्दा महिलातर्फ जम्मा प्राप्त गरेको २० भन्दा धेरै हुने भएकाले थारु र मुस्लिममध्ये कुनै एकबाट एक जना छनोट गरिनुपर्छ। यसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहेकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन्। पीछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही बन्ने पक्का छ।
यी हुन् पुरुषतर्फका २० सांसद्ः
कांग्रेसले पठाउने पुरुषतर्फका २० जना छनोट गर्दा खस आर्य कोटाबाट ६ जना पठाउनुपर्छ। क्रमसंख्याअनुसार बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे सांसद बन्नेछन्।
आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा र दिव्यमणि राजभण्डारी छनौट हुनेछन्। दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्नेछन्। त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय सांसद बन्नेछन्।
कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्नुपर्ने अवस्था छ। थारु कोटाको पहिलो नम्बरमा रहेका पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन्। पिछडिएको क्षेत्रबाट पुरुषतर्फ बन्द सूचीको पहिलो नम्बरमा रहेका अछामका रामबहादुर बिष्ट सांसद बन्न पाउनेछन्।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











