ताजा समाचार

गोली लागेर घाइते अवस्थामा रहेकी महिलाले बच्चा जन्माइन्

नयाँदिल्ली, २८ माघ । भारतमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै बच्चा जन्माएकी छन् । भारतको स्वसाशित क्षेत्र काश्मिरमा बन्दुकधारीको गोली लागेर घाइते भएकी ती महिलाले सैनिक अस्पतालमा बालिकालाई जन्म दिएकी हुन् । पाराम्जीत कउर नाम गरेकी ती महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ ।

अहिले ती महिला र उनकी छोरीको अवस्था राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन् । गर्भवती ती महिलालाई पछाडीपट्टी तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनलाई सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल लगिएको थियो ।

सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुकाबीचमा झडप हुँदा ती गर्भवती महिलालाई गोली लागेको थियो । ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधि दिइएको थियो ।

बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । उक्त घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य अधिकारीले जनाएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org