अखिल क्रान्तिकारीद्धारा शुप विश्वविद्यालयका पदाधिकारीको गाडी नियन्त्रणमा, कुर्ची सुकाईयो घाममा
कञ्चनपुर, २८ माघ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी कञ्चनपुरले शुदूरपश्चिमाअञ्चल विश्वविद्यालय र महाकाली अञ्चल अस्पत्ताल विरुद्ध आन्दोलनको सुरुवात गरेको छ । अखिल क्रान्तिकारीले शुप विश्वविद्यालयका पदाधिकारीहरुले प्रयोग गर्दै आएका गाडीहरु नियन्त्रणमा लिएको छ । त्यस्तै उनीहरुले बस्दै आएका कुर्सीहरु समेच कार्यकक्ष भन्दा बाहिर ल्याएर घाममा सुकाईएको छ ।
विश्वविद्यालय समक्ष विभिन्न मागहरु राख्दा पनि कुनै सुनवाई नगरेको भन्दै विश्वविद्यालयका पदाधिकारी विरुद्ध आन्दोलन सुरु गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विरेन्द्रराज विष्टले जानकारी दिए । सधै तालाबन्दी र नारा जुलुसबाट पदाधिकारीमाथि कुनै असर नपरेको भन्दै यो पटक उनीहरुमाथि नै आक्रमण गरिएको अध्यक्ष विष्टको भनाई छ ।
आफुहरु आन्दोलन गर्दै जाने, त्यसको मार स्वयंम् विद्यार्थीहरुमा पर्ने तर विश्वविद्यालय पदाधिकारीहरुलाई केही नहुने भन्दै यो पटक आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन लगायतका पदाधिकारीहरु आफ्नो मनपरी ढंगले चलेको भन्दै अखिलले उनीहरुले चढ्दै आएको गाडी नियन्त्रणमा लिएको अध्यक्ष विष्टको भनाई छ । पदाधिकारीहरु ठिक समयमा कार्यालय नआउने गरेको, पदाधिकारीहरु आफ्नो मनोमानीले चल्दै आएको आरोप अखिलले लगाएको छ ।
आईतबार १२ः३० मा पनि कार्यालय नआएका उपकूलपति, रजिष्ट्रार, डीन लगायतका पदाधिकारीले प्रयोग गर्दै आएका कुर्सीहरु समेत बाहिर राखेका छन् । यो आन्दोलनको शुरुवात भएको भन्दै अध्यक्ष विष्टले भने, ‘अबको तीन दिनभित्र आफ्ना मागहरु सम्बोधन नभए विश्वविद्यालय पदाधिकारीविरुद्ध कडा आन्दोलन गर्छौ ।’
अखिलले विभिन्न ४ वटा मागहरु राखेको छ । यस विषयमा प्रतिक्रिय लिन खोज्दा उपकूलपति र रष्ट्रिारसँग सम्पर्क हुन सकेन् । उपकूलपति विद्याभूषण श्रेष्ठको मोवाईल नम्बरमा फोन गर्दा कुनै अर्को व्यक्तिले फोन उठाएर उहाँ अहिले मिटिङमा रहेको प्रतिक्रिया दिएका थिए । उनीहरुले राखेका मागहरुमाः
१. डिन नियुक्ति हुनुपर्ने,
२. गाडीहरुमा विश्वविद्यालयको लोगो हुनुपर्ने,
३. कर्मचारी समय उपस्ति हुनुपर्ने,
४. विद्यार्थीहरुको ६/७ महिना देखि रोकिएको परिक्षा नतिजा सार्वजनिक गर्नुपर्ने ।
त्यस्तै महाकाली अञ्चल अस्पत्ताल विकास समितिका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेको छ । महाकाली अञ्चल अस्पताल सुधारका पटकपटक ज्ञापनपत्र, स्मरणपत्र, खुला अन्तर्कृया गरेर पनि अञ्चल अस्पताल सुधारका लागि अञ्चल अस्पताल प्रसासनले कुनै पनि पहलकदमी नगरेको भन्दै अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको हो । तीन दिनभित्र माग सम्बोधन नभएको अस्पत्तालविरुद्ध कडा आन्दोलन गर्ने अध्यक्ष विष्टले चेतावनी दिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











