अब प्रदेश २ मा मर्यादापालकलाई दौरासुरुवाल होईन् सफारी सुट र सारी
जनकपुरधाम, २९ माघ । प्रदेश २ को प्रदेशसभाका मर्यादापालकको पोशाक तय गरिएको छ ।जनकपुरमा सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मर्यादापालकले लगाउने पोशाक तय गरेको हो । यसअघि प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेपछि मर्यादापालकहरु आफू खुसी ड्रेस लगाएर पुगेका थिए । पुरुष मर्यादापालक सर्टपाइन्ट-स्वेटर तथा ज्याकेट र महिला मर्यादापालक कुर्तासुरुवालमा पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच दिइएको थियो ।
अब पुरुष मर्यादापालकका लागि ‘क्रिम कलर’ को ‘सफारी सुट’ र महिलाका लागि ‘क्रिम कलर’ को ‘साडी’ को व्यवस्था गरिएको छ । टोपी लगाउनेरनलगाउने भन्ने चाहिँ स्वतन्त्रता दिने निर्णय भएको छ । प्रदेश सांसदहरूका लागि छलफल गरेर निर्णय गर्ने सहमति भएको छ । बैठकले प्रदेश सांसदहरूको सम्पत्ति विवरण ६० दिनभित्र पेश गर्ने निर्णय पनि गरेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












