प्रचण्डको फोनपछि माओवादी सरकारमा जान तयार, शालिकराम मन्त्री बन्न तयार
हेटौंडा, २९ माघ । अन्ततः प्रदेश ३ को सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।सोमबार विहान मात्र सपथ लिएका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद् गठनको तयारी छन् । उनले एमाले र माओवादीका एकरएक मन्त्री नियुक्त गर्नेछन् ।
केन्द्रबाट कुनै प्रतिक्रिया नआएको भन्दै माओवादी सरकारमा जान मानिरहेको थिएन् । प्रदेश ३ का माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले पार्टी एकता ठोस निष्कर्षमा नपुगेको र पार्टीबाट कुनै निर्देशन नआएको भन्दै सरकारमा सहभागी नहुने बताउँदै आएका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जम्मरकट्टेललाई टेलिफोन गरेर सरकारमा सहभागी हुन भनेका थिए ।
प्रचण्डको निर्देशनपछि माओवादी प्रदेश ३ को सरकारमा सहभागी हुन तयार भएको हो । जम्मरकट्टेलले भने, ‘सपथग्रहणमा जाने भन्ने टुंगियो । मन्त्रालय अझै प्रष्ट भएको छैन ।’ अब एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने एमोले स्रोतको भनाई छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल पनि मन्त्री बन्ने भएका छन् ।
जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गर्दै आएका छन् । केन्द्रीय सरकारको गृह मन्त्रालय सरहको मानिने यस मन्त्रालय प्रदेशमा मुख्यमन्त्रीपछिको शक्तिशाली मन्त्रालय मानिन्छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












