प्रचण्डको फोनपछि माओवादी सरकारमा जान तयार, शालिकराम मन्त्री बन्न तयार
हेटौंडा, २९ माघ । अन्ततः प्रदेश ३ को सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।सोमबार विहान मात्र सपथ लिएका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद् गठनको तयारी छन् । उनले एमाले र माओवादीका एकरएक मन्त्री नियुक्त गर्नेछन् ।
केन्द्रबाट कुनै प्रतिक्रिया नआएको भन्दै माओवादी सरकारमा जान मानिरहेको थिएन् । प्रदेश ३ का माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले पार्टी एकता ठोस निष्कर्षमा नपुगेको र पार्टीबाट कुनै निर्देशन नआएको भन्दै सरकारमा सहभागी नहुने बताउँदै आएका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जम्मरकट्टेललाई टेलिफोन गरेर सरकारमा सहभागी हुन भनेका थिए ।
प्रचण्डको निर्देशनपछि माओवादी प्रदेश ३ को सरकारमा सहभागी हुन तयार भएको हो । जम्मरकट्टेलले भने, ‘सपथग्रहणमा जाने भन्ने टुंगियो । मन्त्रालय अझै प्रष्ट भएको छैन ।’ अब एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने एमोले स्रोतको भनाई छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल पनि मन्त्री बन्ने भएका छन् ।
जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गर्दै आएका छन् । केन्द्रीय सरकारको गृह मन्त्रालय सरहको मानिने यस मन्त्रालय प्रदेशमा मुख्यमन्त्रीपछिको शक्तिशाली मन्त्रालय मानिन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












