प्रचण्डले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाए, ओली किन गएनन् ?
काठमाडौं, १ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाएका छन् । आजभन्दा २३ वर्षअघि आजकै दिनबाट सुरु भएको जनयुद्ध दिवस विभिन्न टुक्रामा विभाजित माओवादीहरुले मनाईरहेका छन् । जनयुद्धको सुरुवात गरेको माओवादीको प्रमुख घटक माओवादी केन्द्रले पेरिस डाँडामा मनाएको हो ।
भ्रातृ संस्था वाइसिएलले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले तीन वटा हिमालको चुचुरोको डिजाइन भएको केक मुसुमुसु हाँस्दै काटेका थिए। तीन वटा हिमालमध्ये एउटा चुचरोमा रातो तारा अङ्कित थियो भने अर्को चुचुरोमा मैनबत्ती राखिएको थियो। बर्थ डेमा जस्तो मैनबत्ती फुकेर ननिभाई प्रचण्डले चुचुरो नबिगारी छेउतिरबाट केक काटेर टुक्रा बाँडेका थिए।
०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरुवात गरेको सम्झानामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएका छन्। दशकभन्दा लामो सशस्त्र युद्धका क्रममा करिव १६ हजारको ज्यान गएको थियो। प्रचण्डले काटेको केक खान जनयुद्ध सुरु गर्ने बेलाका नेताहरु भने उपस्थित थिएनन्। उनीहरु यतिबेला टुक्रा टुक्रामा विभाजित माओवादीको नेतृत्व गरिरहेका छन् ।
मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन्। तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग भइ नयाँ सैद्धान्तिक धरातलमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका छन्। त्यस्तै सीपी गजुरेलले पनि जनयुद्ध दिवसलाई फरक ढंगले मनाएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












