काठमाडौं उत्रिए निगमका दुई चिनियाँ जहाज, ‘सेतो हात्ती’ हुने खतरा
काठमाडौं, १ फागुन । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको दुई चिनियाँ जहाज काठमाडौं उत्रिएका छन् । एक साता अघि चीनको चीनको हर्बिन शहरबाट उडेका ‘वाई १२ र्इ’ जहाज त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । २०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार यि जहाज थपिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।
सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज यसअघि नै आइसकेका थिए । सम्झौता अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याईएको हो । एउटा एमए ६० र एक वाई १२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको छ ।
सोमबार आइपुगेका २ ‘वाइ १२ ई ‘ जहाज भने सहुलियन ब्याजमा आएका जहाज प्रवक्ता श्रेष्ठले जानकारी दिए ।हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता १९ सिट हो । दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठ वटा जहाज भएका छन् ।
चिनियाँ जहाजको बीमा शुल्क अन्यको तुलनामा बढी तिर्नुपर्छ । र, पाइलट तालिमका लागि पनि ठूलो रकम खर्च हुन्छ । नेपाली आकाशमा उडिरहेका चार वटा चिनियाँ जहाजबाट निगमले आम्दानीभन्दा ज्यादा घाटा बेहोर्नु परिरहेको छ । अब थपिएका दुर्इ चिनियाँ जहाज निगमले कसरी चलाउने भन्ने चुनौति छ । कुनै तयारी तथा योजना विनै जहाज ल्याउँदा निगमलाई सेतो हात्ती जस्तै हुनसक्छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












