एमाले–माओवादी एकतामा बुधबार ब्रेक थ्रु हुने सम्भावना, एउटा विषयमा सहमति हुन बाँकी
काठमाडौं, १ फागुन । एमाले र माओवादीबीचको पार्टी एकताबारे बुधबार ब्रेक थ्रु हुने सम्भावना रहेको छ । पार्टी एकता संयोजन समितिको बैठक बस्दै पार्टी एकताबारे ब्रेक थ्रु हुने सम्भावना बढेको हो । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको छ ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको एक्लाएक्लै वार्तामा लगभग सहमति भइसकेकाले सम्भवत पार्टी एकता बारे भोलि ठोस निर्णय हुने ओली र प्रचण्डको निजी सचिवालयले जनाएको छ । एक्लाएक्लै छलफलमा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको छ । तर सरकारको नेतृत्व गर्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।
यसबारे पार्टी एकता संयोजन समिति बैठकमा छलफल गरेर टुंगो लगाउने छ । बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र ५ वर्ष चलाउने भन्नेबारे ठोस निर्णय गर्ने बताईएको छ । आउँदो हप्ताभित्र नयाँ सरकार गठन भैसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरुले बताएका छन् । सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकताको विषयमा टुंगो लगाउने गरी गृहकार्य भईरहेको हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












