दक्षिण कोरियाले एकैपटक पठायो ११ सय नेपालीको श्रम सम्झौता
काठमाडौं, २ फागुन । दक्षिण कोरियाले सन् २०१८ मा अघिल्लो वर्षभन्दा तीन गुणा बढी नेपाली कामदार लैजाने भएको छ । भाषा परिक्षा (ईपीएस) उत्तीर्ण गरेकाहरु मध्येबाट कोरियाले यो वर्षको पहिलो चरणमा ११ सय नेपाली कामदारको श्रम सम्झौता पठाएको छ ।
थप ११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउन लागेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए । कोरियाले यो वर्षको पहिलो चरणमा ११ सयको श्रम सम्झौता पठाईसकेको छ । ‘अझै
११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउने तयारीमा छ’ उनले भने । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना कोरिया उडिसकेका छन् ।
गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट आएको थियो । यस वर्ष भने पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको छ । यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।
कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ । अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए ।
कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











