अनिल झाले श्रीमतीलाई जसरी पनि मन्त्री बनाउन अडान लिएपछि राजपामा विवाद
जनकपुरधाम, २ फागुन । श्रीमतीलाई मन्त्री बनाउन अडान लिएपछि राजपाभित्र विवाद सिर्जना भएको छ । प्रदेश २ को सरकार निर्माणको गृहकार्यमा रहेको राजपाभित्र विवाद बढेको हो । अध्यक्ष मण्डलका सदस्य अनिल झाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी आफ्नी श्रीमती डा. डिम्पल झालाई मन्त्री बनाउनुपर्ने अडान राखेपछि अध्यक्षमण्डलका सदस्यहरुबीच विवाद बढेको हो ।
राजपा र फोरमबीच भएको सहमतिअनुसार राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ ।
यसैक्रममा पार्टीबाट मन्त्रीहरु चयनका लागि बसेको अध्यक्षमण्डलको बैठकमा संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव र शरतसिंह भण्डारीले प्रत्यक्ष निर्वाचित सांसदहरुलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए भने अन्य दुई जना सदस्य अनिलकुमार झा र राजकिशोर यादवले समानुपातिकलाई पनि समावेश गर्नुपर्ने अडान राखेका थिए ।
झाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी आफ्नी श्रीमती डिम्पललाई पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि विवाद चरमोत्कर्षमा पुगेको हो । पार्टीका नेताहरु भन्छन्, ‘समानुपातिकमा समावेश भएकाहरुका लागि त्यो नै ठूलो अवसर हो तर, प्रत्यक्ष जितेकालाई मात्र मन्त्रीमा पठाउनुपर्ने हुन्छ ।’
श्रीमतीलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि राजपाको तर्फबाट मन्त्रीको टुंगो लाग्न सकेको छैन । अध्यक्षमण्डलका संयोजक ठाकुर, सदस्यहरु महतो, यादव र भण्डारीले प्रत्यक्ष निर्वाचितलाई नै प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











