हेडमास्टरले बलात्कार गरी बसेको गर्भ तुहाउन खोज्दा छात्राको मृत्यु
हुम्ला, २ फागुन । हुम्लामा एक प्रधानाध्यापकमाथि बलात्कारको आरोप लागेको छ । हुम्लाको नाम्खा गाउँपालिकामा महावौद्ध माविका प्रधानाध्यापक दनलाल रोकायलाई आफ्नै विद्यालयमा अध्ययनरत छात्रामाथि बलात्कार गरेको आरोप लागेको हो । प्रधानाध्यापक रोकायले आफ्नै छात्रामाथि बलात्कार गरेको आरोप पीडितका आफन्तले लगाएका हुन् ।
बलात्कृत छात्राको पेटमा रहेको गर्भ तुहाउन खोज्दा छात्राको निधन भएपछि पीडितका आफन्त न्यायको खोजी गर्न भन्दै काठमाडौं आईपुगेका छन् । यसअघि हुम्लाको विभिन्न विद्यालयमा कार्यरत रहँदा छात्रामाथि दुव्यर्वहार गर्ने गरेको आरोप लाग्दै आएका महाबौद्ध माविका प्रधानाध्यापक रोकायाले सोही विद्यालयमा कक्षा १० मा अध्ययनतर छात्रामाथि बलात्कार गरी गर्भपतन गराउने भन्दै हत्या गरेको पीडितका परिवारको आरोप छ ।
हुम्ला जिल्लाबाट हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तथा संविधानसभा २०६४ का सदस्य छिमी लामाले ट्युसन पढ्न गएकी छात्रालाई प्रधानाध्यापक रोकायाले बलात्कार गरेपछि चुप लागेर बस्न धम्की दिएको, गर्भ रहेको थाहा पाएपछि गर्भपतन गर्ने औषधी खुवाएर छात्राको हत्या गरिएको जानकारी आफूले पाएको बताए । गर्भपतनको प्रयास गरिएकी छात्रा बिरामी भएपछि हेलिकोप्टरमार्फत पोखरा पु¥याईएको थियो । पोखराको मणिपाल अस्पतालमा उनको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











