प्रदेश ७ ले भोलि मुख्यमन्त्री पाउने, ग्रहणले साईत बिगार्ने भन्दै शपथ २ दिनपछि
धनगढी, २ फागुन । प्रदेश ७ ले भोलि (बिहीबार) मुख्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रका डोटीका सांसद् त्रिलोचन भट्टलाई भोली मुख्यमन्त्रीमा नियुक्त गरिने प्रदेश प्रमुख मोहनराज मल्लले जानकारी दिए । प्रदेश प्रमुख मल्लको अध्यक्षतामा आज भएको छलफलले नियुक्ति र सपथ ग्रहणको समय निर्धारण गरिएको हो ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका प्रदेश सांसद भट्ट डोटीबाट निर्वाचित भएका हुन् । प्रदेश प्रमुख मल्लले भोली भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र ५ गते सपथ ग्रहण गराउने सहमति भएको छलफलमा सहभागी माओवादी सांसद वीरमान चौधरीले जानकारी दिए । त्यस्तै उनले फागुन ५ गते सपथ ग्रहणको कार्यक्रम पनि तय भएको बताए ।
फागुन ४ गते सूर्यग्रहण लाग्ने हुँदा शुभ साइतलाई मध्यनजर गरी ५ गते शपथ ग्रहण कार्यक्रम तोकिएको हो । वाम घटक एमाले र माओवादीले प्रदेश प्रमुख मल्ललाई मुख्यमन्त्री नियुक्तिसम्बन्धी लिखित पत्र बुझाउने बुधबार नै बुझाउने तयारी गरेका छन् ।
मुख्यमन्त्रीको नियुक्तिमा ढिलाई हुन थालेपछि प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसँग छलफल गरेका हुन् । प्रदेश ७ को प्रदेश सभामा एमालेका २५, माओवादीका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












