बालकोटमा ओलीलाई एमाले नेताहरुले प्रचण्डलाई जे जे दिँदा हुन्छ दिउँ भनेपछि…
काठमाडौं, २ फागुन । शनिवार साँझ बालकोटमा पार्टी एकताबारे समीक्षात्मक बैठक गर्न माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, सुवास नेमवाङलगायत एमाले शीर्ष नेताहरु भेला भए ।
सबैजसो नेताले अध्यक्षलाई सुझाव दिए, ‘जे–जे दिँदा एकता हुन्छ, त्यो दिऊँ तर एकतालाई सार्थक पारौं । अन्य शक्तिलाई खेल्ने मौका नदिऊँ । दुईवटा सहअध्यक्ष दिँदा हुन्छ वा अध्यक्ष नै सुम्पिँदा हुन्छ, जे जसो गर्दा पनि अब तयार होऊँ ।’ तर, यसो गरौं भन्ने स्पष्ट निर्णय भने त्यहाँ भएन । बरु आइतबार माओवादी अध्यक्षसँग केपी ओलीले नै निर्णायक वार्ता गर्ने तय भयो । तर, आइतवार पनि वार्ताको वतावरण भने बनने ।
सोमबार बल्ल आइसब्रेक हुन सक्यो । आइतबार स्थायी समिति बैठकमा पार्टी एकताबारे अरु नेताले जिज्ञासा राख्दा खै उहाँहरु जति दियो, त्यति नै धेरै माग गर्न थाल्नुभाछ’ भनेर संक्षिप्त तर निराशाजनक जवाफ दिएका ओली छलफललार्ई निर्णायक बनाउन कस्निुका पछाडि बालकोट बैठकमा भएको सूक्ष्म छलफल र विमर्श कारक रहेको स्रोतको दाबी छ ।
सहभागी स्रोतका अनुसार माओवादीसँग एकता हुँदा र नहुँदा सत्ता राजनीतिमा त्यसले पार्ने प्रभावबारे गभीर छलफल भएको थियो । संविधानको धारा, उपधारा, केलाउँदै नेताहरुले जोडघटाउ र हिसावकिताव निकालेका थिए । आगामी सरकारका के के विकल्प हुन सक्छन भन्ने कुरामा केन्द्रित रहेर समेत विमर्श भएको थियो । जनआस्थामा समाचार छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











