मुद्दा दर्ता भए पनि सांसद् नवराज सिलवालको पद निलम्बनमा नपर्ने
काठमाडौं, २ फागुन । मुद्दा दर्ता भएपनि ललतिपुर(२ बाट निर्वाचित नवराज सिलवालको सांसद् पद नखोसिने भएको छ । सिलवाल विरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार किर्ते मुद्दा दर्ता गर्ने तयारी गरेको छ । मुद्दा दर्ता भए पनि सिलवाल सांसद बन्न कुनै कानुनी अड्चन नहुने संघीय संसद सचिवालयले जनाएको छ ।
नेपाल प्रहरीका पूर्व डिआईजी सिलवाल विरुद्ध कार्यसम्पादन मुल्याङ्कन किर्ते गरेको अभियोगमा मुद्दा दर्ताको तयारी भैरहेको छ। तर संविधान अनुसार उनको पद फौजदारी अभियोग प्रमाणित भएमा मात्र गुम्नेछ। संविधानको धारा ८७ को (ग) मा ‘नैतिक पतन देखिने वा फौजदारी कसूरमा सजाय नपाएको’ व्यक्ति सांसद बन्न योग्य हुने उल्लेख छ।
मुद्दा दर्ताकै भरमा सिलवालको सांसदको सपथ नरोकिने संघीय संसद सचिवालयका कानुनी सल्लाहकार अर्जुन खड्काले बताए। ‘अदालतबाट आदेश वा कुनै पत्र नआएसम्म संघीय संसद सचिवालयले निलम्बन गर्ने वा कुनै कारवाही गर्ने कुरा हुदैँन’, खड्काले भने। तर प्रहरीले पक्राउ गरेर मुद्दा अगाडि बढाएर अदालतबाट पत्र पठाएको अवस्थामा भने उनको पद निलम्बनमा पर्नेछ।
यसअघि माओवादी केन्द्रका सांसद ल्याहरक्याल लामा, सद्भावनाका सञ्जय शाह (टक्ला) को हकमा पनि यस्तै भएको थियो । पक्राउ परेकै भरमा उनीहरुको सांसद् पद खोसिएको थिएन् । अदालतको पत्रपछि मात्र उनीहरुको पद निलम्बनमा परेको थियो। अदालतबाट दोषी ठहर नभएसम्म निलम्बनमा परे पनि फुकुवापछि सांसद हुन पाउँछन्।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












