ओली र प्रचण्डबीच भयो किस्ताबन्दीको सहमतिः ३ वर्ष ओली, २ वर्ष प्रचण्ड प्रधानमन्त्री
काठमाडौं, २ फागुन । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता र सरकार गठन आलोपालोमा गर्ने सहमति भएको छ । दुई दलबीच पार्टी एकता गरी संयुक्त नेतृत्व गर्ने र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो गरेर प्रधानमन्त्री बन्ने सहमति भएको जनाईएको छ ।
सहमति अनुसार सुरुका ३ वर्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछिका २ वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । माओवादीले दसैँ लगत्तै वाम गठबन्धन बनाउँदा आधाआधा समय सरकार चलाउने भद्र सहमति भएको भन्दै सहमति कार्यान्वयनको अडान राख्दै आएको थियो ।
तर एमालेले भने सरकार र पार्टीको नेतृत्वका बारेमा कुनै सहमति नभएको दावी गर्दै आएको थियो । जसका कारण दुई पार्टीबिचको एकतामा ढिलाइ भएको थियो । आजको सहमति अनुसार एमाले र माओवादी मिलेर बन्ने नयाँ पार्टीको नेतृत्व भने ओली र प्रचण्ड दुवैले संयुक्त रुपमा गर्नेछन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












