को हुन् मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका केपी ओली ? यस्तो जीवनी
काठमाडौं, ३ फागुन । नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा चार दशकदेखि सक्रिय रहेका खड्ग ओली (केपी ओली) बिहीबार दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका हुन् । गएको मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल नेकपा (एमाले) का अध्यक्ष ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।
२००८ सालमा तेह्रथुमको तत्कालिन इवा गाविस २ तीनसल्लेमा जन्मेका ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका थिए । बुबा नाम मोहनप्रसाद ओली र आमा मधुको कोखबाट जन्मिएका ओली २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका थिए । उनी २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर त्यही वर्षदेखि भूमिगत भए । पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे । उनी १४ वर्षसम्म निरन्तर जेलमा रहे ।
झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै विपन्न थियो। केपी ओलीले डेढवर्षकै उमेरमा मातृवियोग सहनुपरेको थियो। त्यतिबेला ओलीको परिवार सुकुम्बासीसमेत भएको थियो। कन्काइमा आएको बाढीले घर जग्गा सबै बगाउँदा उनको परिवार सुकुम्बासी भएको थियो।
सानैमा आमाको माया गुमाएका ओलीले बाल्यकाल निकै कष्ट सहेर बिताएका थिए। केपीलाई हजुरबा र हजुरआमाले हुर्काएका हुन्। अधययनकै क्रममा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग भेट भएपछि ओली राजनीतितर्फ तानिन थालेका थिए।
२०७२ सालमा प्रधानमन्त्री हुँदा भारतले गरेको नाकावन्दीको कडा सामाना गरेका ओली राष्ट्रवादी नेताका रुपमा पनि परिरिचत छन् । ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए।
विसं २०४९ सालमा नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपा (एमाले) को संसदीय दलका नेता पनि हुन् ।
ओली गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका ओली यसअघि २०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । अहिले देशको ४१ औँ प्रधानमन्त्री बनेका ओली आठौँ वामपन्थी प्रधानमन्त्री पनि भएका छन् ।
उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्। भारतीय नाकाबन्दी अन्त्य भएपछि अस्थिरता अन्त्य हुने अपेक्षा गरिएकोमा ओलीको सरकारले भने निरन्तरता पाउन सकेन।
९ महिना चलेको ओली सरकार सत्ता सहयात्री माओवादीको असहयोगका कारण २०७३ साउनको सुरुवातमै ढल्न पुग्यो। आफूविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराइएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री हुनुअघि ओली उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री भइसकेका छन्।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












