ताजा समाचार

ट्रम्पले आफुसँगको सम्बन्धबारे नभन्न पोर्नस्टारलाई दिए १ लाख ३० हजार डलर

एजेन्सी, ३ फागुन । पोर्नस्टार स्टोमी डेनियलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सम्बन्धबारे खुलासा गर्ने बताएकी छन् । ट्रम्पका कानुनी सल्लाहकार माइकल कोहेनले डोनियललाई आफ्नो सम्बन्ध गोप्य राख्न एक लाख ३० हजार अमेरिकी डलर दिएको खुलासा गरेपछि डोनियलले ट्रम्पसँग उनको सम्बन्धबारे खुलासा गर्ने बाटो खुलेको हो ।

डेनियलका म्यानेजर गिना रोड्रिगुजले डेनियलले सबै कुरा भन्न गैरहेको बताएकी छिन् । यो वर्षको सुरुवातमा अमेरिकाको वाल स्ट्रिट जर्नलले ट्रम्पले सन् २०१६ मा भएको चुनावमा डेनियललाई एक लाख ३० हजार अमेरिकी डलर दिएर सन् २००६ मा भएको ट्रम्प र मेलिनाको सम्बन्ध गोप्य राख्न लगाएको समाचार प्रकाशित गरेको थियो । तर ट्रम्प र डेनिल दुवैले उनीहरुबीच कुनै सम्बन्ध नभएको जनाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org