ओलीको सपथमा पुगेका लालबाबु पण्डित आफैं मन्त्री, ओलीले दिए सरप्राइज
काठमाडौं, ३ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी ओलीले सरप्राईज दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीको सपथ ग्रहण समारोहमा सहभागी भएका पण्डितलाई नै मन्त्री बनाएर ओलीले सरप्राईज दिएका हुन् ।
पण्डितलाई आफु मन्त्री बन्ने कुरा त ओलीको सपथ समारोहमा जान भनेर घरबाट हिँडेपछि मात्रै थाहा पाएका थिए । पण्डितले भने, ‘म सपथ ग्रहण समारोहमा जान भनेर तयार हुँदै थिए । त्यही बेला फोन मार्फ तपाई मन्त्री बन्दै हुनुहुन्छ भनेर जानकारी दिईयो ।’
मन्त्री बन्ने थाहा पाएपछि पनि कुुन मन्त्रालयको जिम्मेवारी दिईन लागेको भन्ने जानकारी पाएनन् । सपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिवले भनेपछि मात्रै वातावरण मन्त्री बन्न लागेको थाहा पाएको बताए । प्रधानमन्त्री ओलीले पण्डितलाई मात्रै नभएर अर्की महिला तथा बालबालिका मन्त्रीमा नियुक्त भएकी थममाया थापालाई समेत सरप्राईज दिए ।
प्रधानमन्त्री ओली आफ्नो सपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा थिए । मन्त्रीको सम्भावित नाममा एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीको चर्चा थियो । तर पण्डित र थापालाई मन्त्री बनाएर ओलीले सबैलाई सरप्राईज दिए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












