सहकारी नै प्रदेश समृद्धिको खम्बा ः मुख्यमन्त्री राई
इटहरी, १२ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताउनुभएको छ ।
मुख्यमन्त्री राईले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले इटहरीमा आजदेखि आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । सहकारी नै प्रदेश समृद्धिको मुख्य खम्बा हो भन्दै मुख्यन्त्री राईले कृषि, पर्यटन, जलस्रोत, जडीबुटी एवं औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै यस प्रदेशमा भएका सम्पूर्ण प्राकृतिक सम्पदाको समुचित उपयोगका लागि ठोस नीति तथा कार्यक्रम बनाएर अधि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नयाँ नेपालको संविधानका प्रस्तावनामा नै सहकारीबाट मात्र देशलाई आर्थिक सवलताको बिन्दुमा अघि बढाउन सकिन्छ भन्ने भावना प्रतिबिम्वित गराउने कार्य भएकाले अब प्रत्येक प्रादेशिक सरकारले संविधानको उक्त तीन खम्बे आर्थिक नीति मुताविक नै नयाँ नीति योजना र कार्यक्रम बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा १ नम्बर प्रदेशको उपसभामुख सरस्वती पोख्रेल, प्रदेश सांसदहरु सर्वध्वजा साँवा, लिलम बस्नेत, कुसुमकुमारी श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघ लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठले सहकारीका विषयमा बोल्नुभएको थियो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












