सिफारिस गरेका तीन सदस्यलाई शपथ नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश
सर्वोच्च अदालतले केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका तीन राष्ट्रियसभा सदस्यलाई सपथ नगराउन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश प्रकाश सिंह राउतको इजलासले आइतबार यस्तो आदेश गरेको हो। सांसदहरुको सपथ फागुन २० गतेलाई तोकीएको छ। उक्त इजलासले राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेका यूवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सपथ नगराउन संसद सचिवालय, प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो।
‘तत्कालिन नेपाल सरकारले गरेको सिफारिस विना संवैधानिक आधार सम्माननीय राष्ट्रपतिले अस्वीकार गर्न मिल्ने नदेखिँदा,’ सर्वोच्चको उक्त आदेशले भनेको छ, ‘सम्माननीय राष्ट्रपतिबाट राष्ट्रियसभाको सदस्यमा डाक्टर यूवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई गरिएको मनोनयन उल्लेखित संवैधानिक प्रावधान अनुकुल नदेखिएको परिप्रेक्ष्यमा अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म शपथ नगर्नु नगराउनु।’
यो अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णयका लागि भने दुवैपक्षलाई बहसका लागि डाकेको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेर ओलीसरकारले फिर्ता गरेका चाँदनी जोशी, कृष्णप्रसाद गौतम र गोपाल बस्नेतले दिएको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो।
उनीहरुलाई अघिल्लो सरकारले सिफारिस गरेपनि राष्ट्रपतिले अनुमोदन नगरि होल्ड गरेर राखेकी थिइन्। ओली नेतृत्वको सरकार आएपछी उनीहरुको नाम फिर्ता गरेर रामनारायण विडारी, यूवराज खतिवडा र विमला पौडेललाई सिफारिस गरेको थियो। उक्त सिफारिस राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्।
यसरी आफुले रुचाएको सरकारले गरेको सिफारिस कुरेर बस्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै देउवासरकारले सिफारिस गरेका तीनैजनाले दिएको रिटमा उल्लेख छ।
‘राष्ट्रपतिले आफुले रुचाएको सरकारको सिफारिस तत्काल कार्यान्वयन गर्ने र आफ्नो रुचि नभएको सरकारको सिफारिस कारेयान्वयन नगरी त्यसै थन्क्याएर राखी निष्फल बनाउने अधिकार छैन,’ रिटमा उल्लेख छ, ‘हामी निवेदकहरुको नाम फिर्ता लिई अरुको नाम सिफारिस गरेको केहि घण्टाभित्रै मनोनयन भएपनि हालसम्म सपथ लिइ नसकेको हुनाले यो मुद्दको अन्तिम टुंगो नलागुञ्जेलसम्म सपथ नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरिपाउँ।’
न्यायाधीश राउतको इजलासले पनि यहि कुरालाई समर्थन गरेको छ।
‘रिट निवेदकहरुलाई राष्ट्रियसभाको मनोनयनका लागि नेपाल सरकारले गरेको सिफारिस सम्माननीय राष्ट्रपतिले फिर्ता गर्न सक्ने प्रावधान संविधानमा उल्लेख भएको नदेखिएको राष्ट्रियसभाको सदस्यको मनोनयनमा सम्माननीय राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न पाउने गरि संवैधानिक दायित्व सुम्पेको नदेखिएको र तत्कालिन नेपाल सरकारले गरेको सिफारिस विना संवैधानिक आधार सम्माननीय राष्ट्रपतिले अस्वीकार गर्न मिल्ने देखिएन,’ आ देशमा उल्लेख छ।
नेपाली कांग्रेसले पनि आफु नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका यी तीनजनाको नाम मनोनयन नगरेको भन्दै राष्ट्रपतिको विरोध गरिरहेको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












