सिरियामा तत्काल युद्धविरामका लागि रसियासँग आग्रह

जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई तत्काल रोक्न दवाव दिन आग्रह गरेका जर्मन चान्सलर मर्केलको कार्यालयले आइतबार जनाएको छ ।
शक्तिशाली यूरोपेली नेताहरूले फोनवार्तामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा घोषणा गरिएको युद्धविरामलाई कार्यान्वयनमा लान आग्रह गर्नुभएको हो ।
उहाँहरूले सिरियाली सरकारलाई युद्धविरामका लागि अधिकतम दवाव दिई हवाई तथा स्थल आक्रमण गर्नबाट रोक्न रसियाली पहलबारे छलफल गर्नुभएको हो ।
यस अघि म्याक्रोँ र मर्केलले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणलाई रोक्न पत्र लेखी औपचारिक आह्वान गर्नुभएको फ्रान्सको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी शुक्रबार जनाएको थियो ।
यूरोपियन यूनियन (इयू) सम्मेलनमा सहभागी हुने सिलसिलामा ब्रसेल्स पुग्नुभएका यूरोपेली शक्तिशाली दुई नेताले रसियालाई पत्राचार गर्नुभएको हो ।
जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएका भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका थिए ।
रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असद सरकार नेतृत्वको सेनाले विगत केही समय यता गुटा क्षेत्रमा कारबाही चलाउदा सयौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको छ । उक्त क्षेत्र सिरियाली विद्रोहीको आधार क्षेत्र मानिन्छ । बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार विगत केही दिनमा सरकारी सेनाले चलाएको हवाई कारबाहीमा कम्तिमा ७०० सिरियाली नागरिकको मृत्यु भएको जनाएको छ ।
सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ । (रासस÷एएफपी)
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












