ताजा समाचार

पपुवा न्युगिनीमा ७.५ म्याग्निच्युडको भूकम्प : ३१ को मृत्यु

जाकार्ता, १५ फागुन ।  पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ भ्वजन व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ ।

सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।

भूकम्प शक्तिशाली रहेकोले ठूलो क्षति भएको अनुमान हिजो नै गरिएको थियो । सो भूकम्पबाट मङ्गलबार विनहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धारअधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको विस्तृत विवरण भने अझै प्राप्त भएको छैन । यस भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार स्थानीय अधिकारीहरुले दिएका छन् ।
तर त्यसमा भौतिक सम्पत्तीमा भएको क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको स्नाथीय समाचारपत्रले जानकारी दिएको छ ।

भूकम्पबाट मेन्दी सहरका १३ र कुटुबु र बोसेभ सरहमा १८ जनाको बढीको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरुले यो भन्दा बढी मानिस मारिएको अनुमान गरेका छन् ।(रासस÷सिन्ह्वा) ः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org