ताजा समाचार

दक्षिण कोरियाकी पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

सोल, १५ फागुन  दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वाेच्च अदालतमा जारी छ । उहाँलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ । (रासस÷एएफपी)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org