राष्ट्रपतिको टुँगो लागेन,उपेन्द्र सरकारमा आउने : भीम रावल
काठमाण्डौ १५ फागुन । एमालेका उपाध्यक्ष भीम रावलले फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाएर चैतको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै रावलले भने, ‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुङ्गो लगाउँछौं, त्यसपछि पार्टी एकता घोषणा गर्छौं, सम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ ।’
उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाएको छ । उनले भने, ‘दुईवटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुबै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाईरहेकाछौं, फागुन २५ गतेसम्म टुँगो लगाउँछौं ।’ विधान र प्रतिवेदन टुँगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने उनको भनाई थियो ।
रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाएको छ । उनको भनाई अनुसार आईतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने छ । रावलले भने, ‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए पनि सरकार विस्तार हुँदैन भन्ने कुरा होईन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं ।’
उनले सरकारले पुर्णता पाउनेमा अब विलम्ब नहुने जिकिर समेत गरका छन् । उनले, थपे, ‘अब ढिलाई हुँदैन, किनकी बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ ।’ उनले अर्थमन्त्रीमा नियुक्त भएका डा।युवराज खतिवडा अर्थतन्त्रसम्बन्धिका ज्ञाता भएकोले समृद्धि हाँसिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने विश्वास दिलाए । उनले भने, ‘एमालेमा अरु योग्य नेताहरुनै नभएर उहाँलाई नियुक्त गरेको भने होइन, अरु नेताहरुले पनि विगतमा अर्थमन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ ।’
त्यस्तै उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुँगो लागि नसकेको जिकिर गरे । रावलले भने,‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुङ्गो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुगो लाग्न बाँकी छ ।’रावलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले लोकतन्त्र र कानूनी शासन अनुसार सबै चल्नुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












