नासाले तराईका शीतलहर पीडितलाई ६३० कम्बल बाडँयो
न्यूयोर्क १५ फागुन । गत महिना आएको पूर्वी तराईका शीतलहर पीडितहरूलार्इ नासाले ६३० वटा कम्बल बितरण गरेको नासाका सांस्कृतिक फाँटका प्रमुख बिशाल भारतीले जनाएको छ । गत महिना आएको शीत लहरका बेला अमेरिकाका दक्षिण पूर्व १५ वटा राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था नासाले शीतलहर पीडितहरुलाई कम्बल वितरण गरेका हुन् ।
प्रभावित जिल्ला रौतहटबाट सुरु भएको न्यानो कम्बल वितरण गर्ने कार्यक्रम पर्सा,सुनसरी हुँदै पूर्व झापाका ६३० जना अशक्त, असहाय ,अपाङ्ग र बृद्ध घर परिवारमा वितरण गरिएको बिशाल भारतीले बताएको छ । दैनिक जसो शीतलहरले बालबालिका र बृद्ध व्यक्तिहरु प्रभावित भएपछि नाशाले सुरुमा १०० वटा कम्बल बाढ्ने उद्धेश्यको साथ अभियान संचालन गरेको थियो । तर, सबै नेपालीको सहयोगले २ हप्तामा नै ६३० वटा कम्बल बाढ्न सफल भएको छ ।
यसअघि पनि नासा सांस्कृतिक फाँटका प्रमुख भारती कै पहलमा कलाकार दिपक छेत्रीलाई उपचारको निम्ति पहिलो फेसबुक फन्ड रेजिंग कार्यक्रम गरी २ लाख सहयोग गरेका थिए ।त्यस्तै गरी पप सम्राट ओम बिक्रम बिस्टको उपाचारको लागि रु २ लाख ६० हजार समेत प्रदान गरेको थियो । त्यस्तै गरेर पूर्वी नेपालमा बाढीले ब्यापक क्षति पु¥याउँदा १ हजार १३ घर परिवारलाई ७ लाख बराबरको राहत र ७ जना मृतकका परिवारलाई ५ हजारको दरले सहयोग गरेको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











