नासाले तराईका शीतलहर पीडितलाई ६३० कम्बल बाडँयो
न्यूयोर्क १५ फागुन । गत महिना आएको पूर्वी तराईका शीतलहर पीडितहरूलार्इ नासाले ६३० वटा कम्बल बितरण गरेको नासाका सांस्कृतिक फाँटका प्रमुख बिशाल भारतीले जनाएको छ । गत महिना आएको शीत लहरका बेला अमेरिकाका दक्षिण पूर्व १५ वटा राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था नासाले शीतलहर पीडितहरुलाई कम्बल वितरण गरेका हुन् ।
प्रभावित जिल्ला रौतहटबाट सुरु भएको न्यानो कम्बल वितरण गर्ने कार्यक्रम पर्सा,सुनसरी हुँदै पूर्व झापाका ६३० जना अशक्त, असहाय ,अपाङ्ग र बृद्ध घर परिवारमा वितरण गरिएको बिशाल भारतीले बताएको छ । दैनिक जसो शीतलहरले बालबालिका र बृद्ध व्यक्तिहरु प्रभावित भएपछि नाशाले सुरुमा १०० वटा कम्बल बाढ्ने उद्धेश्यको साथ अभियान संचालन गरेको थियो । तर, सबै नेपालीको सहयोगले २ हप्तामा नै ६३० वटा कम्बल बाढ्न सफल भएको छ ।
यसअघि पनि नासा सांस्कृतिक फाँटका प्रमुख भारती कै पहलमा कलाकार दिपक छेत्रीलाई उपचारको निम्ति पहिलो फेसबुक फन्ड रेजिंग कार्यक्रम गरी २ लाख सहयोग गरेका थिए ।त्यस्तै गरी पप सम्राट ओम बिक्रम बिस्टको उपाचारको लागि रु २ लाख ६० हजार समेत प्रदान गरेको थियो । त्यस्तै गरेर पूर्वी नेपालमा बाढीले ब्यापक क्षति पु¥याउँदा १ हजार १३ घर परिवारलाई ७ लाख बराबरको राहत र ७ जना मृतकका परिवारलाई ५ हजारको दरले सहयोग गरेको थियो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












