अटोरिक्साले परिवारमा ल्याएको खुशी
भीमदत्तनगर, १६ फागुन । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीका ३५ वर्षीय लुहारले अटोरिक्सा चलाएर आम्दानी गरेसँगै उहाँको परिवारमा खुशी छाएको छ ।
दैनिक अटोरिक्सा चलाएर उहाँले दैनिक रु एक हजार दुई सयदेखि रु एक हजार चार सयसम्म आम्दानी गर्दैआउनुभएको छ ।
‘बीस वर्ष भारतमा काठ मिस्त्रीको काम गरेर घरखर्च चलाए,” उहाँले भन्नुभयो–“परिवार अलपत्र पारेर विदेशिनुभन्दा यतै रिक्सा चलाउँदा ठिक लाग्यो ।” आफूसित वनकट्टीमा भएको एक कठ्ठा जग्गाको पूर्जा सहकारीमा धितो राखेर उहाँले रु पाँच लाख ५० हजारमा अटोरिक्सा खरिद गर्नुभएको हो ।
“भारतको जागिर छाडेर यहाँ आएको तीन महिना भयो,” लुहारले भन्नुभयो–“घरमै बसेर आयआर्जन गर्दा छोराछोरीदेखि श्रीमतीसम्म खुशी छन् ।” परिवारका सदस्यलाई पनि आफू घरमा रहँदा भरोसा हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो–“शुरुका दुई वर्ष भारतमा निःशुल्क काम गरेँ ।”
रोजगारीका लागि तेस्रो मुलुक जाने सोचमा रहनुभएका लुहार महेन्द्रनगर बजारमा केही समययता सञ्चालनमा आएका अटोरिक्साले आफ्नो ध्यान तानेको बताउनुहुन्छ । दैनिक उहाँ सात किलोमिटर पार गरेर अटोरिक्सा चलाउन महेन्द्रनगर बजार पुग्नुहुन्छ । उहाँकी श्रीमती मोहनाले श्रीमान्ले स्वदेशमै मजदुरी गर्दा खुशी व्यक्त गर्नुभयो ।
“घरआँगनमै आम्दानी गर्न सकिएपछि छोराछोरी निकै खुशी छन्,” उहाँले भन्नुभयो– “बीस वर्षपछि परिवारसित सुखदुःख साँटेर बस्न पाइएको छ, अटोरिक्साले परिवारमा खुशी ल्याएको छ ।”
त्यसैगरी, स्नातक तहको अध्ययन छाडेर ई–रिक्सा चलाउँदै आएका बेदकोट नगरपालिकाका सञ्जय राना रिक्साको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । “खर्च कटाएर दैनिक रु सात÷आठ सय जोगिन्छ,” उहाँले भन्नुभयो–“कमाएको पैसाबाट रिक्साको ऋण तिर्दैछु ।” राना विगत एक वर्षदेखि ई–रिक्सा चलाउँदै आउनुभएको छ ।
पछिल्लो समय महेन्द्रनगरमा ई–रिक्सा रोजगारीको मुख्य आकर्षण बनेको छ । “पढेर पनि यहाँ रोजगारी पाउन कठिन छ,” रानाले भन्नुभयो–“ऋण काडेर भए पनि सानोतिनो व्यवसाय गर्नुको विकल्प छैन ।” उहाँले पछिल्लो समय आफूजस्तै बेरोजगार युवा रिक्सा चलाएर आम्दानी गरिरहेको बताउनुभयो ।
पुरुष मात्र होइा महिलाले समेत अटो÷ई रिक्सा चलाएर आम्दानी गर्दैआएका छन् । बरोजगार युवायुवतीका लागि ई–रिक्सा रोजगारीको भरपर्दो माध्यम बनेको छ । डेढ वर्षदेखि महेन्द्रनगरमा अटोरिक्सा चलाउँदै आउनुभएका भीमदत्तनगरपालिका–७ हल्दुखालका वीरेन्द्र भट्टले दैनिक आम्दानीबाट परिवारको खर्च चलाउँदै आएको बताउनुभयो ।
अटोरिक्सा चलाउनुअघि ठेलाको व्यापार गर्दैआउनुभएका भट्टले हाल रिक्साबाट दैनिक रु आठ सयदेखि रु एक हजार ५०० सम्म आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो–“अटोरिक्साको कमाइले नै घरपरिवारको खर्च धानिएको छ ।” (रासस)
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













