माक्स मुक्त क्षेत्र बनाउन सक्रिय भूमिकामा – मन्त्री पण्डित
काठमाडौँ, १६ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आगामी एक वर्षभित्र राजधानीलाई माक्स मुक्त क्षेत्र बनाउन आफू सक्रिय भएर लागिरहेको बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले देश र जनताको हकहितमा काम गर्न आफू सक्रिय भएकाले सबैको सहयोग भए माक्स मुक्त क्षेत्र बनाउन सकिने बताउनुभयो ।
मन्त्री पण्डितले अपराध गर्नेलाई दण्डित गर्न आफूपछि नहट्ने तर काल्पनिकभन्दा पनि सत्य तत्य विषयवस्तुमा विशेष ध्यान दिएर समाचार सम्पे्रषण गर्न पत्रकारलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले सामुदायिक रेडियो प्रकाशन संघले प्रकाशन गरेको ‘सामुदायिक मेलमिलाप’ नामक पुस्तक पनि विमोचनसमेत गर्नुभयो । विभिन्न जिल्लामा रहेका सामुदायिक मेलमिलाप केन्द्रले समाजमा भएका घटना चित्रण सहित समाधानका उपायबारे पुस्तकमा उल्लेख छ ।
पुस्तकमा गाउँका विवाद गाउँमै साम्य, रेडियोको कथाले दियो नयाँ जीवन, जब आमा–बाबुका अगाडि दाजुभाइ अङ्काल गरे, जग्गा विवादले बोली बन्द मिलाउने काममा मेलमिलाप केन्द्र, रेडियो कार्यक्रम सुनेको भरमा विवाद मिल्यो, टुटेको सम्बन्ध जोड्दै मेलमिलाप केन्द्रलगायतका २९ वटा लेख समावेश छन् ।
उक्त पुस्तकको मूल्य रु ५०० तोकिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्थानीय तहका सानातिना घटना मेलमिलाप केन्द्रले टुङ्याएमा अदालतमा समेत भार कम हुने विचार व्यक्त गर्नुभयो । (रासस)
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...













