पर्सामा १० वर्षीया बालिका बलात्कृत, ६ जना पक्राउ
वीरगञ्ज ,१६ फागुन। पर्साको निचुटामा १० बर्षीया बालिका बलात्कृत भएकी छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा बस्ने बालिकालाई बलात्कार गरिएको हो ।
बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमामा उपचार भइरहेको छ । बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखुबारीमा बालिकाको बलात्कार भएको हो ।गाउँ नजिकै माछा पोखरीमा माछा मार्न आएका मलाहामध्ये कसैले बलात्कार गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पटेर्वा सुगौली गाउँ कार्यपालिकाका सदस्य विपिन मुखियाले बालिकाको बलात्कार भएको जानकारी गराए । ‘साँझको घटना हो, घटना घटाउने व्यक्तिको खोजी भइरहेको छ’ उनले भने ‘साँझ नै बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गर्यौं, शल्यक्रिया पछि अब बालिकाको अवस्था सामान्य छ ।’
इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वा सुगौलीले घटनाबारे अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











