चिनियाँ सामग्री भित्रिँँदै
रसुवा, २० फागुन । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०÷३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन् । हालसम्म तीन सयदेखि चार सयसम्म मालबाहक सवारी साधन केरुङ क्षेत्रमा पुगिसकेको र सामान लोड हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
उता केरुङ क्षेत्रमा सामान ढुवानी गर्ने सबैभन्दा ठूलो चिनियाँ मुसाटासपोर्टले भने नेपाल पठाउने सामग्री लोड गर्ने काम आज बिहानैदेखि शुरु गरेको छ । लोड हुन थालेका ती सामग्रीमा कपडा, जुत्ता, चप्पल, बच्चाका खेलौनालगायत रहेको बताइएको छ ।
चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका कारण कामदार बिदामा जाँदा गत माघको अन्तिम साताबाट बन्द भएको ढुवानी सेवा अब नियमित शुरु भएको मुसाटासपोर्टले जनाएको छ । सामान आयात निर्यात नहुँदा सुनसान रहेको टिमुरे तथा रसुवागढी क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । (रासस)
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













