सिरियाको गुटामा आक्रमण रोकिएन
जेनेभा, २० फागुन । सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन । उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको दुई हप्तायता ५०० भन्दा बढी नागरिक मारिएको खुलासा हालै गरेको थियो ।
सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोही विरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ । सो क्रम पछिल्ला केही दिनयता पनि जारी नै रहेको बताइएको छ ।
राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालयले गुटामा हवाई तथा स्थल कारबाही जारी छ, नागरिकको नाजुक स्थितिका कारण सो क्षेत्रमा युद्धविरामका लागि राष्ट्रसंघले गरेको आग्रहको सुनुवाई भएको छैन ।
मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताउनुभयो । उनीहरु आधारभूत आवश्यकता बाट समेत बञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन् ।
गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु बढी खोजेका बताइएको छ ।
सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वीगुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । गुटा राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो ।
सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी १०० भन्दा बढी बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । नागरिकको सो माग अझै जारी छ ।
सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएपछि यहाँका चार लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन् । पछिल्लो समयमा त्यहाँको अवस्था थप तनावपूर्ण बन्दै छ । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













