एउटै समयमा दुवै सदनको बैठक शुरु हुने
काठमाडौँ, २१ फागुन । मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हँुदैछ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो ।
नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था गरेको छ । प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो सदनका रूपमा रहेको छ । संघीय संसद्को मुख्य जिम्मेवारी कानून निर्माण गर्नु हो ।
प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय रहने छ । राष्ट्रियसभा भने प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित ५६ तथा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन तीन गरी ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ ।
पहिलो अधिवेशनका क्रममा सदन प्रारम्भ भएको १५ दिनभित्र सभामुख, उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्न राजनीतिक दलको सहमतिमा प्रस्ताव तयार गरिसकेको छ । दुई दलको समर्थनमा केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यही फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रमसमेत तय भएको छ । (रासस)
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...













