इटलीको निर्वाचन मत परिणाम, सत्ताधारीमध्य–वामपन्थी दलद्वारा हार स्वीकार
रोम, इटली, २१ फागुन । इटलीमा आइतबार भएको निर्वाचनको परिणाम आइरहँदा उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन ।
करिब १० वर्ष पहिलेस्थापित फाइभ स्टार सबैभन्दा शक्तिशाली दल बनेको छ । फाइभ स्टार मुभमेन्टले पनि आफ्नो शक्तिको लेखाजोखा गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनका लागि काम गर्ने बताएको छ । यद्यपि उक्त दलले गठबन्धन सरकार बनाउने विषय भने अस्वीकार गरिरहेको छ ।
इटालीको संसद.मा नयाँ निर्वाचनमार्फत प्रतिनिधि चयनका लागि देशभित्र रहेका झण्डै ५१ हजार मतदाता र समुद्रपार रहेका ४३ लाख इटालियालीले थिए ।
संसद्को सबै ६३० सदस्य सङ्ख्याका लागि भएको निर्वाचनमा जम्मा तीन हजार ९०१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने सिनेटको ३१५ सदस्यका लागि एक हजार ९५८ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
दक्षिणपन्थीहरूको भन्दा फाइभ स्टारले कम सीट जितेको छ । तर पार्टीका नेताहरूले नयाँ सरकारको खम्बा उक्त दल हुने बताएका छन् । आप्रवासन विरोधी लिग पार्टी वा पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको फोर्तसा इटालियामध्ये कुन चाही शक्ति गठबन्धनभित्रको सबैभन्दा ठूलो दल बनेको छ भन्ने स्पष्ट भइसकेको छैन ।
सर्वेक्षणहरूले बहुमत प्राप्त गर्ने अवस्थाको नजिक भने पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीले नेतृत्व गरेको मध्य दक्षिणपन्थी गठबन्धन रहेको देखाएको छ ।
सरकारको नेतृत्व सम्हालेको मध्य वामपन्थी दलले हार स्वीकार गरेको छ ।
इटालीले पहिलो पटक निर्वाचनसम्बन्धि नयाँ कानूनको प्रयोग गर्दै आइतबार मतदान सम्पन्न गरेको थियो । नतिजा पूर्ण विवरण आउन अझै केही घण्टा पर्खिनुपर्नेछ ।
निर्वाचनमा सबै उम्मेदवारको मुख्य आकर्षण इटालीको अर्थतन्त्र र सुरक्षा मुद्दा मुख्य रूपमा चर्चामा रहेको छ । निर्वाचनमा आप्रवासीसम्बन्धी मुद्दाले पनि निकै चर्चा पाएको थियो । इटालीको दक्षिणपन्थी पक्षले आप्रवासीविरोधी मुद्दालाई बेजोडरूपले उठाएको छ ।
इटालीमा सन् २०१३ पछि मध्य तथा वामपन्थी प्रजातन्त्रिक दलको गठबन्धनका तीन फरक÷फरक प्रधानमन्त्रीले सत्ता सम्हालिसकेका छन् । (रासस÷एएफपी)
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













