चिया खेतीबाट मनग्य आम्दानी गर्दै बीरबहादुर
तेह्रथुम, २१ फागुन । लालीगुराँस नगरपालिका–९, सोल्माका वीरबहादुर बस्नेत एक दशकदेखि चिया खेती गरेर जीविकोपार्जन गरिरहनुभएको छ ।
रोजगारीका लागि कतार पुग्नुभएका बस्नेत सोचेजस्तो आर्थिक प्रगति गर्न नसकेपछि पुनः गाउँ नै फर्किएर चियाखेतीबाट आम्दानी गरिरहनुभएको छ ।
बुबाले लगाएको चिया बगानबाट नै बस्नेतले आम्दानी लिइरहेको बताउनुभयो । चियाखेतीमा आधुनिक प्रविधि भित्रिसकेको भए पनि उहाँलाई त्यसबारे थाहा छैन । न त शारीरिक सुरक्षा र स्वास्थ्यमा हुने जोखिमबारे जानकारी छ ।
बस्नेतले परम्परागत पद्धतिको चियाखेतीबाट आम्दानी गरिरहे पनि त्यसबाट हुने जोखिमबारे जानकारी नपाउँदा समस्या भोग्दै आउनुभएको छ । गाउँमा रोजगारी नपाउँदा कृषि पेशाबाट भन्दा मनग्य आम्दानी गर्ने उद्देश्यले विदेशिएका बस्नेत त्यहाँ देखे÷भोगेका अनुभवलाई संगाल्दै अहिले गाउँ फर्किएर वीरता देखाइ रहनुभएको छ । बस्नेत २०६१ सालमा रोजगारीका लागि कतार जानुभएको थियो ।
“धेरै कमाउने सोचेर अलिअलि भएको पैंसो पनि मेनपावरलाई बुझाएर परदेश पुगियो,” उहाँ भन्नुहुन्छ, “त्यहाँ धेरै कमाउनु त हैन, मेनपावरलाई बुझाएको रकम असुल्न पनि धेरै दुःख गर्नुप¥यो ।” परदेश पुगेर त्यहाँको दुःख भोगेपछि स्वदेशमा गरिने कृषि कर्ममै सुख र सफलता देख्न थालेको उहाँ बताउनुहुन्छ ।
विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने आँटले चियाखेतीमा लागेको बस्नेतको भनाइ छ । बाबुले अगाडि बढाएको चिया खेतीलाई निरन्तरता दिँदै सबै जमिनमा चिया खेती लगाएर व्यावसायिक बन्नुभएका बस्नेतको दैनिकी चिया खेतीमै बित्ने गरेको छ । चिया रोप्ने, गोडमेल गर्ने, रोग किराको नियन्त्रण गर्ने, फँडानी गर्ने, मुना टिप्ने, प्रशोधन गर्ने, प्याकिङ गर्ने, बजारसम्म पु¥याउनेलगायत काम उहाँले आफैँ गर्नुहुन्छ ।
“विदेशबाट फर्किएर चिया खेतीमै भविष्य खोजिरहेको छु,” उहाँले भन्नुभयोे, “अहिले मेरो सबै २४ रोपनी जमिनमा चिया खेती छ, सामान्य तरकारी, फलफूल खेतीबाहेक अन्य खेती छैन, मेरो सबैथोक चिया मात्रै हो ।”
एसएलसीसम्म पढ्नुभएका बस्नेत जसरी परदेश जाँदा बिना सीप र दक्षता पुग्नुभयो, त्यसरी नै चिया खेतीमा पनि लागिरहनुभएको छ । चिया खेतीको विषयमा उहाँले प्राविधिक ज्ञान पाउनुभएको छैन । “सामान्य तालीम र गोष्ठीबाहेक अन्य केही ज्ञान छैन, सबै काम गरेकै आधारमा गर्ने हो, कामले काम सिकाउँछ भन्ने उखानै छ नि,” उहाँ भन्नुहुन्छ ।
चिया खेतीबाट बस्नेतले वार्षिक रु सात लाखसम्म आम्दानी गरिरहेको बताउनुभयो । यहाँ उत्पादित हरियो पत्ती प्रतिकिलो रु ५६ मा बिक्री हुँदै आएको छ । जिल्लाभित्र प्रशोधन मेसिन नहुँदा धनकुटाको गुराँसे टि–स्टेटले खरिद गर्दै आएको हरियो पत्ती यस वर्षबाट भने गाउँमै प्रशोधन हुन थालेको उहाँले बताउनुभयो ।
“जिल्ला बाहिर पठाउँदा धेरै समस्या थियो, अहिले गाउँमै प्रशोधन मेसिन जडान भएको छ,” उहाँले भन्नुभयो । चिया खेतीमा प्रशस्त सम्भावना देख्ने बस्नेतको चिया खेतीबाट आएको आम्दानीले घर त चलेको छ, तर उहाँले व्यवस्थित रुपमा चियाखेती गर्न सक्नुभएको छैन ।
चिया खेतीमा काम गर्दा अपनाउनुपर्ने सुरक्षाका साधन र उपकरणका विषयमा उहाँलाई पर्याप्त ज्ञान छैन । चिया बगानमा काम गर्दै गरेका बस्नेतले भन्नुभयो, “दुःख त धेरै छ, हेर्नुस् यी हातमा कति ठेला उठेका छन्, यो काँडाले घोचेको डोब ।”
चिया टिप्दा लगाउने एप्रोन, हातमा लगाउने ग्लोब, आँखामा चस्मा, खुट्टामा लगाउने बुट र टाउकोमा लगाउने हेल्मेट केही पनि नभएको उहाँले बताउनुभयो । उहाँलाई प्रशोधन मेसिनमा काम गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे थाहा छैन । निरन्तर चिया खेतीमै काम गर्दा सामान्य लाग्ने घाउ चोटबाट पनि शरीरलाई धेरै असर गर्ने गरेको उहाँ बताउनुहुन्छ । यस्ता जोखिमबाट बच्न प्रयोग हुने उपकरण सजिलै प्राप्त गर्न मुस्किल हुने भएकाले प्रयोग नगरेको बस्नेतले बताउनुभयो ।
चियाको हरियो पत्तीको मूल्य अत्यन्तै कम रहेको उहाँले बताउनुभयो । “हरियो पत्तीको मूल्य लागत मूल्यभन्दा कम छ, हामीलाई लागत मूल्यको तुलनामा झण्डै रु २० घाटा पर्छ,” बस्नेतले भन्नुभयो । अन्य खाद्यान्न बालीको खेतीभन्दा फाइदा हुने भएकाले चिया खेतीमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।
विदेशबाट फर्किदा रित्तो हात फर्किएका बस्नेतले कृषि विकास बैंकबाट रु १० हजार ऋण निकालेर चार रोपनी जमिनमा खेती शुरु गरेको सम्झिँदै उहाँले अहिले परदेशिने युवालाई स्वदेशकै माटोमा भिजेर काम गर्न सुझाव दिनुभयो ।
“बरु खेती प्रविधिको सीप सिक्नु, तर विदेश कोही पनि नजानु,” बस्नेतले भन्नुभयो, “त्यहाँ गएर सास्ती बेहोर्नुभन्दा यहाँ आफ्नै देशको माटोसँग खेल्नुमा धेरै मज्जा छ ।”
(रासस)
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













