राष्ट्रसंघीय सहायताकर्मी गुटा पुगे
दमासकास, २१ फागुन । संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन ।
गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार ंराष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको समाचार आएको छ ।
सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभावमा नागरिक निकै मर्कामा परेका छन् ।
उनीहरुका अनुसार यसरी समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनका लागि सेनाले पनि कुनै पहल गरेको थिएन । उल्टै उक्त हमलाका कारण यस्तो सहयोग सामाग्री पनि पु¥याउन नसकिएको बताउँदै आइएको थियो ।
राष्ट्रसंघीय सहायता कार्यक्रमका एकजना अधिकारीकाअनुसार गएको कम्तीमा हप्तादिनयता सो क्षेत्रमा कोही पनि जान नसकेकोले नागरिक खान नपाएर मरिरहेको बताइएको थियो ।
ती अधिकारीले सोमबार दिएको जानकारीअनुसार यस्तो सहयोग सामाग्री बोकेका २४ वटा ट्रक सोमबार नै पूर्वी गुटाको डुआमा जिल्लामा पुगेको छ ।
रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो ।
मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताउनुभयो । उनीहरु आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन् ।
गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु खोजेका बताइएको छ ।
सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वीगुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । गुटा राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो ।
सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा हालै गुटामा भएको हिंसालाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ ।
पछिल्लो कारबाहीमा परी १०० भन्दा बढी बालबालिकासहित ६०० भन्दा बढी नागरिक मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...












