महिलाहरु आरक्षणको साहरा लिएर होइन खुल्ला प्रतिस्पर्धामा आउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडा,२४ फागुन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले महिलाहरु आरक्षणको साहरामा नभइ खुल्ला ढंगबाट प्रतिस्पर्धामा आउनुपर्ने बताएका छन् ।
आज भएको १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ मकवानपुरले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले सधै आरक्षणको कुरा गर्दा प्रतिस्पर्धा नै गर्न सक्दैनन भन्ने बुझिने भन्दै पुरुष सरह खुला प्रतिस्पर्धी बन्दै आफूलाई अब्बल रहेको देखाउनु पर्ने बताएको हो ।
पौडेलले अब हसिँया, कुचो कोदालो बोकेर आन्दोलन गर्ने समय नभइ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बेला आएको बताउनु भयो । त्यस्तै गरी नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको योगदान रहेको भन्दै उनले नारी शक्तिको सहयोगविना समृद्धि सम्भव नहुने बताएका छन् ।
उनले आन्दोलनमा उठाएका सामग्री मुलुक समृद्ध बनाउने अभियानमा लगाउन आग्रह समेत गरे । आन्दोलनको मेहनत अब समृद्धिको लागि गर्नु पर्नेमा उनको जोड रहेको
छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












