कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण
सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको प्रतिवेदन बुझाएको हो । नियमावली प्रतिवेदनमा २६ परिच्छेद र आठवटा अनुसूची रहेको समितिका संयोजक नेपालीले जानकारी दिनुभयो ।
“समितिको आठवटा बैठक बसेर मस्यौदा तयारीमा व्यापक छलफल ग¥यौँ । तोकिएको १५ दिनको अवधिभित्रै प्रतिवेदन सभामुखलाई बुझाएका छौँ,” उहाँले भन्नुभयो । उहाँले प्रदेशको आवश्यकताका आधारमा तयार गरिएको नियमावली, २०७४ का विषयमा विशेषज्ञहरुबाट पनि सुझाव लिइएको बताउनुभयो । संविधानको धारा, १९३ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावलीअन्तर्गत विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन र सामाजिक विकास समितिको प्रस्ताव गरिएको छ ।
त्यसैगरी, समितिले कर्णाली प्रदेशसभा कार्य सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि, २०७४ खारेजी र सो कार्यविधिबमोजिम भए÷गरेका काम–कारबाही यसै नियमावलीबमोजिम मानिने प्रस्ताव गरेको छ । महिला र पुरुष दुवैको हत्केलामाथि पृष्ठभागमा कर्णाली प्रदेशको नक्सा र त्यसमाथि नेपालको राष्ट्रिय झण्डा राखिएको, फेदमा कर्णाली प्रदेशसभा सदस्य लेखिएको हुने नमूना पनि प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझ्दै सभामुख शाहीले अहिले सबै प्रदेशसभा सदस्यहरु नभएकाले राष्ट्रप्रतिको निर्वाचनपछि मात्र बैठकमा प्रस्तुत हुने बताउनुभयो । प्रदेशसभा बैठकबाट पारित भइसकेपछि मात्र प्रदेशसभा नियमावली, २०७४ जारी हुने उहाँले जनाउनुभयो । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका अन्य सदस्यहरु, मीना रखाल, दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढा र शोशिला शाहीको उपस्थिति रहेको थियो । (रासस)
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...













