संसद्मार्फत सबै समस्या समाधान गर्न प्रयास गरिन्छः सभामुख महरा
काठमाडौँ, २७ फागुन । सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेता एवं सांसदबाट आफूलाई प्राप्त शुभकामनाको प्रत्युत्तरका क्रममा सभामुख महराले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफूलाई सभामुखमा निर्वाचित गर्न सहयोग पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रतिनिधिसभाका सबै सदस्यलाई धन्यवाद दिनुभयो । उहाँले विभिन्न राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्ने, घाइते, अपांगता भएका व्यक्ति तथा बेपत्ता नागरिकको पनि स्मरण गर्नुभयो ।
त्यसअघि सभामुख महरालाई सफल कार्यकालको शुभकामना दिँदै नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधान कार्यान्वयनमा नयाँ कानून चाहिने भएकाले त्यसमा सभामुख महराले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “ संसद्मा विभिन्न विचारधाराका दल रहेकाले सबसँग अन्तक्र्रिया गरी अगुवाइ गर्ने जिम्मेवारी सभामुखको काँधमा आएको छ ।”
बैठकमा नेपाली काँगेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा द्वन्द्वको अन्त्य भई समृद्धिको यात्रा शुरु भएकाले प्रतिपक्षका तर्फबाट सकारात्मक भूमिमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महरा राजनीतिक रुपमा परिपक्वसमेत हुनुभएकाले उहाँले सबैलाई समेटेर लैजान सफल हुने अपेक्षा गर्दछु ।”
नेकपा (माओवादी केन्द्र)का वर्षमान पुनले तीन वटै तहले विधायिकी अधिकार प्रयोग गरेपछि नयाँ अवसरसँगै चुुनौती पनि सिर्जना भएकाले नवनिर्वाचित सभामुखले कुशलतापूर्वक भूमिका निर्वाह गरी सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राजपा नेपालका शरत्सिंह भण्डारीले सबै नेपाली जनताको साझा थलोका रुपमा प्रतिनिधिसभालाई स्थापित गर्न नवनिर्वाचित सभामुखले महत्वपूर्ण कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्दै संविधान कार्यान्वयनका विषयमा विभिन्न समुदायले उठाएका विषयवस्तुलाई संसद्मार्फत पूरा गर्न सभामुखलाई सुझाव दिनुभयो ।
संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले संविधान निर्माणका क्रममा व्यक्त भएको असन्तुष्टि हालसम्म कायम रहेकाले त्यसलाई उचित रुपमा निरुपण गर्नुपर्ने बताउँदै राष्ट्रिय एकताको मुख्य आधार नै विविधतायुक्त संघीयता हो भन्नुभयो ।
राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सरकारलाई संसद्प्रति जिम्मेवार बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने कार्यसूची संघीय संसद् सचिवालयले तयार गरेको छ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...













