गोकुलेश्वर विमानस्थल चौबीस वर्षदेखि बन्द
दार्चुला, २७ फागुन । गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् ।
विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । उनीहरुले जसरी पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिँदैआएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा हरेर बसिरहेका छन् ।
दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू, प्रेमसिंह धामी, लक्ष्मीदत्त जोशी र गणेशसिंह ठगुन्नाले विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्चालन गर्ने भाषण गरे । मतदाताले उनीहरुलाई विश्वास गरे । विमानस्थल सञ्चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्चालनमा आएन ।
तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले टुइनेटर विमान अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरे । एउटा टोली अध्ययनका लागि आयो, तर विमानस्थल सञ्चालन भएन ।
रातिराति टिकट काटिन्थ्यो
त्यतिबेलाको शाही नेपाल वायु सेवा निगम (आरएनएसी)को टुइनेटर विमानले साप्ताहिक रुपमा यहाँबाट महेन्द्रनगर हुँदै नेपालगञ्जको उडान भर्दथ्यो । “सामान्य अवस्थामा कहिल्यै टिकट नपाइने हुँदा रातिराति लाइन बसेर टिकट लिनुपथ्र्याे,” गोकुलेश्वरका बासिन्दा मानबहादुर भण्डारीले भन्नुभयो ।
आरएनएसीसँग थप विमान नभएकाले त्यतिबेला दार्चुलाबाट उडान भर्ने विमान थप गर्न नसकिएको स्मरण गर्दै कार्यालय सहयोगी विष्ट निरन्तर विमान सञ्चालनमा रहेको भए दार्चुलावासीलाई देशका अन्य क्षेत्रसम्म आवागमन गर्न सजिलो हुने थियो भन्नुहुन्छ । विसं २०५० देखि विमान सञ्चालन बन्द भयो ।
विसं २०५५ मा दुईजना नायब सुब्बालाई कर्मचारीका रुपमा खटाइयो । नायब सुब्बा गणेश सिंह र भीमदत्त पन्तले २०६० सालसम्म यहाँ काम गर्नुभयो । पछि द्वन्द्वका कारण उनीहरुले अन्तै सरुवा मिलाए ।
पर्यटन र व्यापारमा घाटा
अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको जिल्लाको पर्यटन प्रबद्र्धन नहुनुको पछाडि विमानस्थल सञ्चालन नहुनु पहिलो कारण बनेको छ । कैलालीको धनगढीबाट ३४५ किलोमिटर सडक दूरी पार गरेर दार्चुला सदरमुकाम खलंगा पुगिन्छ । यात्रा निकै कष्टप्रद हुन्छ ।
विमानस्थल सञ्चालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, यहाँ आउने कर्मचारीलाई पनि सहज हुनेछ । कष्टप्रद यात्रा देखेर कर्मचारी, विकास साँझेदार र विज्ञहरु यहाँ आउन मान्दैनन् । “हवाई उडान शुरु भए यी सबै समस्या समाधान भएर जान्छन्,” सहायक वन अधिकृत अमरसिंह धामीले भन्नुभयो ।
टिकटका लागि राति लाइनमा लाग्नुपर्ने बेला सम्झिदै उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्ना अहिले त दिनमै दुई दुई विमानले उडान भर्न मिल्ने यात्रु पाउने अवस्था रहेको बताउनुहुन्छ । जडीबुटी व्यापार गर्न निकै सहज हुने उहाँको भनाइ छ ।
विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गर्न प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको उक्त विमानस्थल सञ्चालन गर्न दक्षिणतर्फ रहेका घर तथा चमेलिया नदीमाथि बनेको पुल बाधक देखाएको बताउँदै प्रशासकीय अधिकृत विष्ट उक्त समस्यालाई समाधान गर्न सकिने बताउनुहुन्छ । (रासस)
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...













