उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई

काठमाडौं ६ चैत उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ ।
नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले आज अपराह्न उपराष्ट्रपतिको कार्यालय पुगेर चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिनुभयो ।
सो अवसरमा उहाँले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउँदै नेपालको विकास गर्ने प्रयासमा चीन अग्रमोर्चामा रहेर सहयोग गर्ने उल्लेख गर्नुभयो ।
भेटमा उपराष्ट्रपति पुनले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिनुभएकामा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिनुभयो ।
भेटमा उहाँले नेपाल र चीन सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै गइरहेको उल्लेख गर्दै चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (विआरआइ)को प्रशंसा गर्नुभयो ।
उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले पु¥याइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो । भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीहरूको समेतको उपस्थिति थियो । रासस
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












